काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दोस्रो क्वालिफायर खेल हुँदैछ ।
हिजो भएको पहिलो क्वालिफायरमा हार व्यहोरेको जनकपुर बोल्ट्स र इलिमिनेटर विजेता कर्णाली याक्सबीचको खेल हुने भएको हो ।
यो खेल त्रिवि क्रिकेट मैदानमा मध्यान्ह १२ बजेपछि हुनेछ । आजको खेलको विजेताले शनिवार हुने फाइनल खेलमा सुदूरपश्चिम रोयल्ससँग खेल्नेछ ।
एलिमिनेटरबाटै बाहिरिएको चितवनले १५ लाख रुपैयाँ प्राप्त गर्नेछ ।
एनपीएल उपाधि विजेताले एक करोड १० लाख पाउँदा उपविजेताले ५१ लाख रुपैयाँ प्राप्त गर्नेछ । तेस्रो स्थानमा रहने टोलीले २५ लाख रुपैयाँ प्राप्त गर्ने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, पुस ४, २०८१, ०७:००