काठमाडौँ । सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रकाश वस्तीको हृदयघातका कारण निधन भएको छ ।
गएराति हृदयघात भएपछि वस्तीलाई उपचारका लागि राति नै थापाथलीस्थित नर्भिक अस्पताल पुर्याइएको थियो। राति नै ७१ वर्षीय वस्तीको निधन भएको सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुँइकेलले बताउनुभयो ।
वस्ती २०६५ भदौ २२ गते सर्वोच्च अदालतको न्यायाधीश नियुक्त हुनुभएको थियो । पदावधि नथपिएपछि २०७० चैत्र २९ गते अस्थायी न्यायाधीशकै रुपमा सर्वोच्च अदालतबाट अवकाश पाउनुभएको थियो ।
वस्तीका छोरा अमेरिकाबाट फर्केपछि भोलि मात्रै दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।
प्रकाशित मिति: शनिबार, पुस १३, २०८१, १०:२४