काठमाडौँ । विपन्न तथा आर्थिक अभावका कारण आँखाको उपचार गराउनबाट बञ्चित भएकाहरूको निःशुल्क आँखा उपचार गर्ने उद्देश्यका साथ काठमाठौँको नयाँवानेश्वरमा दृष्टि आँखा केन्द्र सञ्चालनमा आएको छ । केन्द्रको आज एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ ।
केन्द्रको 'आँखा बा' को रुपमा चिनिँदै आउनुभएका प्राध्यापक डा रामप्रसाद पोखरेलले उद्घाटन गर्नुभयो ।
आँखासम्बन्धी कुनै पनि रोगको उपचार नागरिकको पहुँचमा होस् भन्ने दृष्टिकोणले अस्पताल सञ्चालनमा ल्याइएको जानकारी दिइएको छ ।
अस्पतालका प्रमुख कार्यकारी निर्देशक डा.भाइराजा श्रेष्ठले नेपालमा पछिल्लो समय बढ्दै गएको आँखाको समस्याबाट जोगिन र सहज उपचारका लागि भन्दै झापामा २, पर्सामा १ र काठमाडौँमा ५ वटा आँखा केन्द्रबाट अत्याधुनिक प्रविधिबाट सेवा प्रदान गर्दै आएको जानकारी दिनुभयो ।
नेपालको विभिन्न स्थानमा सेवा दिँदै आएको दृष्टि आँखा केन्द्रले स्थापनको ५ वर्षमा झन्डै ३ लाखभन्दा बढीको उपचार गरिसकेको छ भने ५० हजारभन्दा बढीको निः शुल्क उपचार गरेको छ ।
प्रकाशित मिति: शनिबार, साउन ३२, २०७६, १७:५७