काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका पाँच वटा केन्द्रीय विभागले पूर्णता पाएका छन् ।
महाधिवेशनपछि गठित विभागहरूको बैठकबाट आवश्यक पदाधिकारी चयन गरी विभागलाई सक्रिय बनाउन केन्द्रीय कार्यालय समितिको समन्वयमा विभागहलाई पूर्णता दिइएको पार्टीका केन्द्रीय प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिनुभयो ।
स्वास्थ्य तथा जनसङ्ख्या विभागको बैठकबाट प्रमुख डा. सुरेन्द्र यादव र अब्दुल कलाम अन्सारीलाई विभागको सचिव चयन गरिएको छ ।
प्रचार प्रसार तथा प्रकाशन विभागको उपप्रमुखमा शम्भु झा र सचिवमा देबबहादुर दुरालाई चयन गरिएको छ ।
सहकारी तथा गरिवी निवारण विभागको बैठकबाट प्रमुखमा उदयकान्त मिश्र र विभागको विज्ञ सदस्यमा रघुवीर मिजार मनोनित हुनुभएको छ ।
युवा, विद्यार्थी तथा खेलकुद विभागको उपप्रमुखमा कृष्णशंकर साह र सचिवमा रमेश यादव चयन हुनुभएको छ ।
वन तथा वातावरण विभागको सचिवमा हंशा साह तथा विभागको विज्ञ सदस्यमा चन्देश्वर सदा र माधवप्रसाद देवलाई मनोनित गरिएको छ ।
बाँकी विभागलाई पूर्णता दिनको लागि पुस २४ गतेसम्म बाँकी विभागहरुको बैठक पालैपालो बस्ने गरी आह्वान गरिएको बस्नेतले बताउनुभयो ।
प्रकाशित मिति: सोमबार, पुस १५, २०८१, १३:१०