पोखरा । रिसर्च र मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्दै आएको संस्था नेशनल सोलुसन एण्ड रिसर्च सेन्टरले मानसिक स्वास्थ्य पोखरा कार्यक्रम नाममक अभियान सञ्चालन गरेको छ । संस्थाले पुष १ बाट चलाएको यो अभियानमा महानगरपालिका भित्रका विभिन्न १८ ठाउँमा ३९ वटा कक्षा प्रदान गरिएको थियो । जहाँ शिक्षक, विद्यार्थी, अभिभावक गरि दुइ हजार मानिस सहभागि भएर प्रत्यक्ष लाभ लिएका छन् । १५ दिनसम्म चलेको यो कार्यक्रममा मानसिक स्वास्थ्य सम्बन्धि, विशेषगरि आत्महत्या रोकथाममा केन्द्रीत रहेर बिभिन्न चेतनामूलक तथा सन्देशमूलक गतिविधि भएका थिए ।
पोखरा महानगरपालिका र महानगरपालिका भित्रका विभिन्न वडासँगको सम्मन्वयमा भएको कार्यक्रममा विद्यालय, विश्वविद्यालय, राष्ट्रिय सुरक्षा बल, धार्मिक संस्थाका प्रतिनिधिहरु सहभागि भए । कार्यक्रममा मानसिक स्वास्थ्य, यसको अवस्था, मानसिक समस्या हुनुका कारण, समाधानको उपाय तथा मानसिक स्वास्थ्यलाइ हेर्ने दृष्टिकोण लगाएत बिषयमा विषय विज्ञले जानकारीमूलक प्रस्तुतीहरु दिएको सस्थाका व्यवस्थापक निर्देशक पवन पौडेलले जानकारी दिनुभयो । साथै कार्यक्रममा सहभागिहरुको समस्या र अनुभव सुनेर विज्ञ चिकित्सक मार्फत प्रत्यक्ष रुपमा परामर्श पनि गरिएको थियो ।
मानसिक स्वास्थ्यलाई मानिसहरुले गम्भिरतापुर्वक नलिने तर मानसिक स्वास्थ्य बिग्रिनुलाई भने गम्भिर समस्याका रुपमा लिने विषय जटिल रहेको र यसलाई बुझाउनको लागि संस्थाले विभिन्न अभियान गर्ने क्रममा पोखरामा पनि गरिएको निर्देशक पौडेलको भनाइ छ । १५ दिने कार्यक्रममा मनोचिकित्सक डा.अच्युत आचार्यले मानसिक स्वास्थ्य, तनाब व्यवस्थापन, मानसिक स्वास्थ्य समस्या घटाउने उपाय, थेरापी लगाएत विषय बुझाउनुभएको थियो । तालबाराही माध्यामिक स्कूल, श्री शितलादेवी सामुदायिक माध्यामिक विद्यालय, सिर्जना माध्यामिक विद्यालय, लेक सिटि कलेज रिसर्च सेन्टर, न्यू मोर्डन सेकेन्डरी स्कूल, आर्मपुलिस फोर्स, लगाएत संस्थाका प्रतिनिधि अभियानमा सहभागि भएका थिए । यो अभियानमूलक कार्यक्रम मार्फत विद्यार्थी, अभिभावक र शिक्षकलाई समेत मानसिक स्वास्थ्य समस्याका बारेमा थाहा पाउन मद्धत पुगेको विश्वास आफूले लिएका डा. आचार्यले बताउनुभयो । मानसिक स्वास्थ समस्या जटिल हुँदै गएपनि यस बारेको बुझाई र समस्याको समाधान बारेमा भने धेरै कमलाइ मात्रै जानकारी रहेको छ ।
प्रकाशित मिति: बिहीबार, पुस १८, २०८१, १३:३०