काठमाडौँ । आज देशका विभिन्न भागमा वर्षा तथा हिउँ पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाकाअनुसार पहाडी भूभागमा वर्षाको सम्भावना रहेको छ भने हिमाली भेगमा हिउँ पर्ने सम्भावना छ ।
आज दिनभर कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदलीदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ ।
कोशी प्रदेशको हिमाली क्षेत्रमा दिउँसो साधारणतया बदली रही केही स्थानहरूमा हल्का हिउँ पर्ने सम्भावना छ । राति हिमाली क्षेत्रमा हल्का हिउँ पर्ने सम्भावना छ ।
तराईका थोरै स्थानहरूमा लागेको हुस्सु मध्यान्न सम्ममा क्रमकि रुपमा सुधार हुने सम्भावना रहेको छ ।
त्यसको प्रभावले तराई भू(भागको मध्यान्नसम्मको दैनकि जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशकि प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउनुहुन महाशाखाले अनुरोध गरेको छ।
प्रकाशित मिति: आइतबार, पुस २८, २०८१, १०:१३