रोल्पा । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) रोल्पाको चौथो अधिवेशनबाट सुनसरी बुढा मगर अध्यक्षमा सर्वसम्मत निर्वाचित हुनुभएको छ ।
रोल्पाको लिवाङमा भएको अधिवेशनबाट २ जना सदस्य पछि थप्ने गरी ११ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरिएको फोनिज रोल्पाका सल्लाहकार खेम बुढा मगरले जानकारी दिनुभयो ।
उहाँका अनुसार फोनिजको उपाध्यक्ष वीरेन्द्र घर्ती, सचिव तिलक घर्ती मगर, सह–सचिवमा छायाँ पुन, कोषाध्यक्षमा कुलबहादुर गुरुङ निर्वाचित हुनुभएको हो ।
सदस्यहरूमा भने वन्दना घर्ती मगर, सूर्यप्रकाश बुढा मगर, दीपक बुढा मगर, कुशल पुन मगर, गंगा घर्ती मगर र रितिका रोका मगर चयन हुनुभएको छ ।
प्रकाशित मिति: आइतबार, पुस २८, २०८१, ११:४७