शिक्षण अस्पताल महाराजगञ्जमा सुनाइमा समस्या भएकाका लागि सञ्चार सहायता प्रभावकारी भएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा सम्पन्न भएको परियोजनाको समापन कार्यक्रममा बक्ताहरूले अस्पतालमा बिरामीहरूका लागि पहुँचयोग्य सञ्चार सहायता भएपछि त्यो समुदाय धेरै खुसी भएको बताएका हुन् ।
सुनाइमा समस्या भएकाकाहरूका लागि काम गर्ने संस्था श्रुती, शिक्षण अस्पताल र जेननानचोद्वारा संयुक्त रूपमा आयोजना गरिएको यो कार्यक्रममा परियोजनाको उपलब्धि र आगामी योजना सार्वजनिक गरिएको थियो । श्रुती संस्थाका महासचिव कोपिला हुमागाईंको कार्यक्रमले सुनाइमा समस्या भएकाहरूलाई राम्रो सहयोग गर्न सकेको बताउनुभयो । सह–प्राध्यापक डा. रवीन्द्र प्रधानांगले अस्पतालमा सञ्चार सहायता कार्यान्वयनबारे जानकारी दिनुभयो । सो कार्यका लागि सहयोग गरेको जापानी संस्था जेननानचाका युमिको मिनामीले जापानमा भएका सहकार्य अभ्यासबारे प्रकाश पार्नुभयो ।
कार्यक्रममा परियोजनाको लागि तयार गरिएको “इयरमार्क” प्रतीक र मार्गदर्शन पुस्तिकाको अनावरण गरिएको थियो । यी सामग्री सहभागी बिरामीहरूलाई हस्तान्तरण गरियो । कार्यक्रमका प्रमुख अतिथि संघीय संसदकी उपसभामुख माननीय इन्दिरा राना मगरले परियोजनामा भएको सहकार्यको सराहना गर्दै समावेशी नीतिको महत्वमा जोड दिनुभयो ।
प्रकाशित मिति: बिहीबार, माघ ३, २०८१, १४:३९