काठमाडौँ । गएको १ वर्षमा लेक लागेर २४ जनाको मृत्यु भएको छ ।
राष्ट्रिय विपद् जोखिम् न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गएको १ वर्षमा ८९ वटा घटनामा २४ जनाको मृत्यु भएको हो ।
प्राधिकरणकाअनुसार विशेष गरी नेपाल घुम्न आएका विदेशी पर्यटकहरूको लेक लागेर मृत्यु हुने गरेको छ ।
पछिल्लो तीन वर्षको अवधिमा २१ जना ६० वर्षभन्दा बढी उमेरका नागरिकहरूको लेक लागेर मृत्यु भएको प्राधिकरणले जनाएको छ ।
कर्णालीमा सबैभन्दा धेरै २८ वटा घटना घटेका छन् । दोस्रोमा भने गण्डकी प्रदेशमा २४ वटा घटना घटेका छन् ।
डाक्टरहरूकाअनुसार लेक लागेर हुने मृत्युको जोखिम कम गर्न सकिन्छ ।
सीआईएनसँग कुरा गर्दै वरिष्ठ कन्सल्ट्यान्ट डा. कल्याण सापकोटोले समथर भूभागबाट एकैचोटी लेकमा अजाने, लामो समय बस्ने हो भने जानु अघि स्वास्थ्य परीक्षण गर्ने र औषधि सेवन गर्नुपर्ने बताउनुभयो ।
अन्नपूर्ण संरक्षण क्षेत्रमा गत आर्थिक वर्षमा मात्रै २१ जना पर्यटकको लेक लागेर मृत्यु भएको थियो । तीमध्ये ६ जना नेपाली रहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, माघ ६, २०८१, १६:०६