काठमाडौँ । सरकारले हरेक पालिकामा एउटा सुविधा सम्पन्न चिस्यान केन्द्र अर्थात कोल्ड स्टोर स्थापना गर्ने नीति लिए पनि लक्ष्यअनुसार हुन उपलब्धि हुन सकेको छैन ।
वार्षिक २५ अर्ब रुपैयाँ भन्दा बढीको हरियो तरकारी तथा फलफूल आयात गरिरहेको नेपालले आयात प्रतिस्थापनका लागि उत्पादित तरकारीको मौज्दातलाई सुरक्षित राख्न कोल्ड स्टोरको अवधारणा कार्यान्वयमा ल्याएको हो ।
तर कोल्ड स्टोर स्थापनाको नीति कार्यान्वयनमा आएको ५ वर्षसम्म जम्मा ५० वटा ठूलो कोल्ड स्टोर मात्रै सञ्चालनमा रहेका छन् ।
कृषि विभागका अनुसार कतिपय ठाँउमा कोल्ड स्टोर भए पनि पूर्ण रूपमा सञ्चालन भएका छैनन् । विभागका अनुसार साना क्षमतामा एक सय भन्दा बढी कोल्ड स्टोर छन् ।
ती स्टोरले स्थानीय स्तरमा उत्पादित तरकारीलाई सुरक्षित राख्न सहयोग गरे पनि पर्याप्त नभएको किसानको गुनासो छ ।
किसानले आफ्ना उत्पादनलाई सहज रुपमा शितभण्डारमा राख्ने विषय प्रदेश सरकारको प्राथमिकतामा रहेको सीआईएनसँग कुरा गर्दै कृषि मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीले बताउनुभयो ।
प्रकाशित मिति: आइतबार, माघ ६, २०८१, १६:१७