काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप अभियानको शुभारम्भ गर्नुभएको छ।
बालुवाटरस्थित शिवपुरी उच्च माध्यामिक विद्यालयमा आयोजित एक कार्यक्रमबीच काठमाडौँ महानगरपालिका–३ का स्वस्थ्यकर्मीलाई खोप सामग्री प्रदान गरेर अभियानको उहाँले शुभारम्भ गर्नुभएको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार मुलुकमा हरेक दिन पाठेघरको मुखको क्यान्सरबाट चार जना महिलाको मृत्यु हुने गरेको छ ।
प्रकाशित मिति: मंगलबार, माघ २२, २०८१, १२:४८