बझाङ । बझाङको देउडा संस्कृतिलाई जर्गेना गर्नका लागि भन्दै ११ सदस्यीय बझाङ डेउडा समाज गठन गरिएको छ । सदरमुकाम चैनपुरमाका कलाकारहरुको उपस्थितिमा ११ सदस्यीय बझाङ देउडा समाज गठन गरिएको हो ।
गठित देउडा समाजको अध्यक्ष जयराज जोशी, उपाध्यक्ष राजकला धामी, सचिव विरेन्द्र बिष्ट, सह–सचिवमा प्रकाश खत्री, कोषाध्यमा कलाशा बिष्ट रहेका छन । यस्तै, गोरख खड्का,धनबहादुर रोकाया, धौल्या धामी, जयबहादुर बोहरा, निरबहादुर जेठारा, सदस्य रहेका छन् ।
सुदूरपश्चिमको सांस्कृतिक पहिचान बोकेको देउडा खेल (नाच) हराउदै गएको छ । गाउँघरमा महिला पुरुष, केटाकेटीबीच खेलिने देउडा खेल लोप हुँदै गएको हो ।
सुदूरपश्चिम क्षेत्रको पहिचानका रूपमा रहेको देउडा गीतका लागि महिला समूह नभएपछि लोप हुँदै गएको स्थानीयको भनाइ छ । पुरुष समूहसँग मायाप्रीति दुःख सुखका गीत गाएर देउडा खेल्ने महिला समूह हराउँदै गएका छन् ।
सुदूरपश्चिमका चाडपर्वमा महिला पुरुषको देउडा खेल आकर्षक मानिन्छ । देउडा विशेषगरी बाजुराको केही स्थान खप्तड मेला, सैनडाँडा, शिलदेवी जात्रामा खेलिन्छ ।
प्रकाशित मिति: सोमबार, माघ २८, २०७५, ११:१४