काठमाडौं । नेकपाले एकता टुङ्गो नलाई कार्यदल भङ्ग गरेको छ ।
नेपाल कम्युनिस्ट पार्टी नेकपाले साङ्गठनिक एकताको प्रारूप बारे टुङ्गो लगाउन गठन भएको कार्यदललाई भङ्ग गरेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सचिवालय बैठकले कार्यदलको म्याद नथप्ने निर्णय गरेको हो ।
पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको दवावमा कार्यदल भङ्ग गरिएको हो । उहाँले हिजो नै कार्यदल भङ्ग गर्ने प्रस्ताव गर्नु भएको थियो । तर अरु नेताहरू उहाँको प्रस्तावको विपक्षमा थिए ।
अन्तिम प्रतिवेदन नबुझाउँदै एकता कार्यदल भङ्ग भएपछि अब एकताको काम सचिवालयले गर्नेछ । सचिवालयले नै प्रस्ताव तयार पारेर स्थायी कमिटीमा पेश गरेपछि एकता प्रक्रियाले गति लिने भएको छ । कार्यदल भङ्ग भएपछि एकता झन लम्बिने भएको छ ।
गत बिहीबारदेखि सुरु भएको छलफलमा कार्यदल संयोजक रहेका गृहमन्त्री रामबहादुर थापाले एक साता समय थप गर्न माग गर्नुभएको थियो । थापाको मागमा कार्यदलका अन्य सदस्य पनि सहमत थिए ।
अन्तिम प्रतिवेदन नबुझाउँदै एकता कार्यदल भङ्ग भएपछि अब एकताको काम सचिवालयले गर्नेछ । सचिवालयले नै प्रस्ताव तयार पारेर स्थायी कमिटीमा पेश गरेपछि एकता प्रक्रियाले गति लिने भएको छ ।
कार्यदल भङ्ग भएपछि एकता झन लम्बिने भएको छ । प्रवक्ता नारायणकाजी श्रेष्ठले एकता प्रस्ताव सचिवालयले तयार गर्ने र स्थायी कमिटीमा पेश गर्ने निर्णय भएको जानकारी दिनुभयो । उहाँका अनुसार सचिवालयले शनिबारबाट छलफल गर्नेछ ।
गृहमन्त्री थापा संयोजक रहेको कार्यदलमा महासचिव विष्णु पौडेल, स्थायी समिति सदस्यहरू शङ्कर पोखरेल, सुरेन्द्र पाण्डे, वर्षमान पुन, लेखराज भट्ट, योगेश भट्टराई, बेदुराम भुसाल, रघुवीर महासेठ सदस्य रहनु भएको थियो ।
प्रकाशित मिति: शुक्रबार, फागुन १०, २०७५, १३:०५