ताप्लेजुङ । मन्त्रिस्तरीय वार्ता समिति तत्काल गठन गर्न ताप्लेजुङको पाथभिरा क्षेत्रमा केवलकार सञ्चालनको विरोध गर्दै आएको ‘नो केबलकार’ पक्षधरले माग गरेका छन् ।
संयुक्त विज्ञप्ति जारी गर्दै माघ २७ गते अर्थात भोलि बस्ने बैठकमा मन्त्रीस्तरीय समिति गठन गरी वार्ता सुनश्चिति गर्न उनीहरूले माग गरेका हुन् ।
आन्दोलनरत पक्षलाई सहमतिमा ल्याउन गृह मन्त्रालयका सहसचवि प्रेमराज भट्टराईको संयोजकत्वमा वार्ता समिति गठन गरी गत माघ २२ गते ६ बुँदे सहमति गरिएको थियो ।
जसअन्तर्गत प्रहरी हिरासतमा रहेकालाई बिना शर्त रिहाइ गर्ने सहमति भए पनि धरौटीमार्फत रिहा गरिएकाले कर्मचारीस्तरको वार्ताबाट आफूहरूको माग सम्बोधन नहुने ‘नो केबलकार’ समूहले बताएको छ ।
प्रदीप मादेनलाई १० हजार, चन्द्रसागर लिम्बू र लक्ष्मण लिम्बूलाई पाँच–पाँच हजार रुपैयाँ धरौटीमा रिहा गरिएको थियो ।
केवलकार स्टेशनमा १० दनिसम्म कार्य रोक्ने मौखिक सहमति भए पनि यसको कार्यान्वयन इमान्दारतिापूर्वक नभएकाले सरकारपक्ष गम्भीर नभएको आरोप विज्ञप्तिमा लगाइएको छ ।
"कर्मचारीस्तरीय वार्ता समतिसिँग संवाद गर्दा कुनै पनि विषयउपर निष्कर्षमा पुग्न कठनिाइ भएको छ । २२ गतेको वार्तामा पनि हामीले त्यस्तो महसुस गरेकै हौँ । " विज्ञप्तिमा उल्लेख छ ।
सरकारले वार्तामा चासो नदेखाइ मुक्कुम्लुङ आन्दोलनलाई उपेक्षा गरे माघ २८ गतेबाट पुनः सशक्त रुपमा आन्दोलन गर्ने चेतावनी पनि नोकेवलकार समूहले दिएको छ ।
गत माघ १२ गते प्रहरी र नो केबलकार’ पक्षधरबीच झडप भएपछि बन्दको आह्वान गरिएको थियो ।
करिब एक साता लामो यातायात बन्दले ताप्लेजुङसहति पूर्वका अन्य जिल्लाका नागरकिकको जनजीवन प्रभावति बनेको थियो।
प्रकाशित मिति: शनिबार, माघ २६, २०८१, १२:०७