पाल्पा । पाल्पा छहराका ७८ वर्षका सोमान सिंह सुनार २५ वर्ष अगाडिसम्म कुवाँ, पँधेरा र धाराबाट पानी पिउने गरेको अझैँ सम्झनुहुन्छ । तर हिजोआज धाराकुवाबाट धित मर्नेगरी पानी आउँदैन ।
गाउँमा पानीका मुहान सुकेका कारण खेतबारी बाँझो त छ नै, बसाइसराइका कारण गाउँघर खाली हुनेक्रम नरोकिएको सोमान सिंहको भनाइ छ ।
पाल्पाका माडीफाँट, अर्गली, रामपुर पूर्वखोला लगायतका फाँटमा पिउने पानी पर्याप्त छैन । साना–साना खोलामा समेत नजिकका खेतहरुमा सिँचाई गर्न पुग्ने पानी भेटिँदैन । प्रत्येक वर्ष समयमा पानी नपर्दा तरकारी र फलफूल पनि राम्रो नफल्ने अवस्था रहेको तानसेन १३ का गीता भटराई बताउनुहुन्छ ।
सर्वसाधारण नागरिक र सरोकारवाला जानकारहरू पानीका मुहान सुक्नु र तरकारीलगायतका बालीमा राम्रो उत्पादन नहुनुको कारण जलवायु परिवर्तन र प्रकृतिक विरोधी मानवीय क्रियाकलाप कारण हो ।
मौसम अनुसार फल्ने–फूल्ने फलफुल समेत बेलामा नफल्ने र चरा तथा जनावरको प्रजनन कार्य पनि अनियमित भएको सम्बद्ध निकायको छ ।
मानवीय अतिक्रमणले जलवायु परिवर्तनका कारण कृषिमा देखिएको असरको बारेमा अध्ययन अनुसन्धान गरेर त्यसै अनुसार योजना बनाउनुपर्ने पाल्पाका सामाजिक अभियन्ता कमल घिमिरेको विचार छ ।
मानवीय अतिक्रमणका कारण पनि पाल्पाका खोला र पधेराँ, पुराना मुल सुक्न थालेको बुझाइ नागरिकमा छ ।
सिमसार क्षेत्र पुरिँदै जाँदा पारिस्थितिकीय प्रणालीमा त प्रभाव पर्छ नै, भावी पुस्ताले स्वच्छ वातावरण र आधारभूत आवश्यकता पूरा गर्ने अधिकारबाट वञ्चित हुने चिन्ता समाजका अगुवाहरूको छ ।
राष्टिय जनगणना २०७८ को नतिजा अनुसार कुल ६६ लाखभन्दा धेरै परिवार मध्ये ५७ पतिशत परिवारलले धारा/पाइपको पानी प्रयोग गर्छन् ।
२९ पतिशतल ट्युववेल, हातेपम्पबाट, १.५ पतिशतले इनार वा कुवाबाट पानी पिउँछन् । झन्डै ४ प्रतिशत परिवारले मूल धाराबाट पानी पिउँछन् ।
खानेपानी र सिँचाइका लागि पानीका स्रोतहरूको सुरक्षामा सरोकारवालाको ध्यान जान सकेको छैन । त्यसैले केही वर्षअघिसम्म पानीको सुविधा भइरहेको स्थानमा हिजोआज शङ्कट देखिन थालेको छ ।
प्रकाशित मिति: मंगलबार, माघ २९, २०८१, १२:१९