काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ७ प्रदेशको ७ वटा पालिकामा मेगा किचेन सञ्चालन गर्ने भएको छ ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रकाअनुसार मेगा किचेन स्थापना र सञ्चालन सम्बन्धी कार्यक्रम कार्यान्वयन गर्न स्थानीय तहलाई ५० लाखको दरले बजेट तथा कार्यक्रम पठाइएको छ ।
मोरङको विराटनगर महानगरपालिका, कास्कीको पोखरा महानगरपालिका, धनुषाको जनकपुर उपमहानगरपालिका, मकवानपुरको हेटौंडा उपमहानगरपालिका, दाङको घोराही उपमहानगरपालिका, कैलालीको धनगढी उपमहानगरपालिका र सुर्खेतको विरेन्द्रनगर नगरपालिकामा मेगा मिचेन सञ्चालन हुने छ ।
स्थानीय तह भित्रका विद्यालयका विद्यार्थीलाई एकीकृत गरी खाजा खुवाउने गरी मेगा किचेन कार्यक्रम सुरु गर्न लागिएको मन्त्रालयका सूचना अधिकारी निलकठ ढकालले सीआईएनसँग बताउनुभयो ।
मेगा किचेन कार्यक्रम परीक्षणका रुपमा पहिलोपटक सञ्चालन गर्न लागिएको हो ।
यो कार्यक्रम अन्तर्गत स्थानीयस्तरमा रहेका विद्यालयका विद्यार्थीका लागि कुनै निश्चित स्थानमा खाजा बनाएर त्यहीँबाट सम्बन्धित विद्यालयमा पठाइने मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, फागुन १२, २०८१