काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा अष्ट्रेलियाका म्याट रोस नियुक्त हुनुभएको छ ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) रोसलाई एक वर्षका लागि प्रशिक्षकमा नियुक्त गरिएको जानकारी दिएको हो । रोस एक महिनाअघि नै नेपाल आउनुभएको थियो ।
रोसले भोलि आफ्नो कार्ययोजना सार्वजनिक गर्ने बताइएको छ ।
‘युइएफए प्रो लाइसेन्स’ मान्यताप्राप्त रोस यसअघि सन् २०२० देखि २०२३ सम्म दक्षिण कोरिया राष्ट्रिय महिला टोलीको प्रशिक्षकको जिम्मेवारीमा हुनुहुन्थ्यो ।
नेपाली टोलीका पूर्व प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसको कार्यकाल आठ महिना अघि सकिएपछि नेपाली पुरुष टोली प्रशिक्षकविहीन थियो ।
रोसको प्रशिक्षणमा नेपालले अब एएफसी एसिएन कप छनोट २०२७ को खेल खेल्नेछ ।
प्रकाशित मिति: आइतबार, फागुन १८, २०८१