काठमाडौँ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आजदेखि सुरु भएको छ । परीक्षामा पाँच लाखभन्दा धेरै विद्यार्थी सहभागी भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
परीक्षाको पहिलो दिन आज अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा सञ्चालन भएको छ ।
परीक्षा १९ गतेसम्म सञ्चालन र मुलुकभर दुई हजार ७९ परीक्षा केन्द्र निर्धारण गरिएको बोर्डका परीक्षा नियन्त्रक नन्दलाल पौडेलले बताउनुभयो ।
प्रकाशित मिति: बिहीबार, चैत ७, २०८१