काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली यही चैत १५ गते काठमाडौँको तीनकुने–घटनामा आगलागीमा परी निधन भएका पत्रकार सुरेश रजकका परिवारलाई भेटेर दोषीलाई कारबाही गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
प्रधानमन्त्री निवास, बालुवाटारमा आज भएको भेटमा प्रधानमन्त्री ओलीले अराजक जत्थाको आगलागीका कारण अकालमा ज्यान गुमाउन पुगेका पत्रकार रजकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारमा समवेदना व्यक्त गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री ओलीले मृतकको दाहसंस्कार गर्न परिवारजनलाई आग्रह गर्दै सुरेशकी श्रीमती सुजन रजकलाई रोजगारीलगायत आवश्यक पर्ने अन्य व्यवस्थाका लागि सरकारले ध्यान दिने पनि बताउनुभएको थियो ।
प्रकाशित मिति: सोमबार, चैत १८, २०८१