सल्यान । शिक्षकहरूको आन्दोलनले सल्यानमा विद्यार्थी भर्ना अभियान ठप्प भएको छ ।
जिल्लाभरका ४ सय ४३ भन्दा बढि सामुदायिक विद्यालय रहेकोमा अधिकांशमा हालसम्म नयाँ भर्ना हुन सकेका छैनन् ।
यसले गर्दा करिब ६५ हजार विद्यार्थी अझै पनि विद्यालय प्रवेश पर्खिरहेका छन् । सरकारले नयाँ शैक्षिक सत्रको प्रारम्भसँगै देशभर भर्ना अभियान सुरु गर्ने योजना अघि सारे पनि शिक्षकहरु आन्दोलनमा उत्रिएपछि सल्यानमा पनि अभियान प्रभावित भएको हो ।
अहिले विद्यालय औपचारिक रूपमा खुलेका छन । तर शिक्षकहरुको उपस्थिति न्यून भएकाले भर्ना अभियान र शिक्षण सिकाइ प्रक्रिया अघि बढ्न सकेको छैन ।
कतिपय ठाउँमा प्रधानाध्यापक तथा केही शिक्षक विद्यालयमा देखिए पनि विद्यार्थीलाई भर्ना गराउने, वर्ग विभाजन गर्ने, कक्षा सञ्चालन गर्ने जस्ता काम रोकिएको छ ।
शिक्षक महासंघले भने शिक्षकहरुको माग सम्वोधन नहुँदा सम्म बिद्यालय नखोल्न आग्रह गरेको छ ।
सल्यान सदरमुकाममा रहेको त्रिभुवन जन माध्यामिक बिद्यायलका प्रधानाध्यापक माधव जिसीले शिक्षक आन्दोलनका कारण विद्यार्थी भर्ना रोकिएको वताउनुभयो ।
अभिवाहरुले आफ्ना बालबालिकालाई भर्ना गर्न र बिद्यार्थी भर्ना हुन आइरहेको तर केही शिक्षक आन्दोलनमा भएको कारण समस्या भएको बताउनुभयो ।
भर्ना हुन आएकाहरु बालबालिकालाई भने भर्ना गरिरहेको बताउनुभयो ।
सिद्धकुमाख गाउँपालिका ३ मा रहेको श्री निराजन माध्यामिक विद्यालयका प्रधानाध्यापक धर्मराज घर्तीले अहिले बिद्यार्थी भर्ना भन्दा पनि शिक्षकहरु आन्दोलन केन्द्रित भएकाले तत्काल भर्ना अभियान रोकिएको बताउनुभयो ।
प्रकाशित मिति: आइतबार, वैशाख ७, २०८२