काठमाडौँ । कालिकोटमा गएराति भएको ट्याक्टर दुर्घटनामा ४ जनाको मृत्यु भएको छ ।
गएराति करिब १० बजेको समयमा पलाँता गाउँपालिका २ लार्फा ठाँटीडाँडा स्थित भित्रि सडक खण्डमा थिर्पुबाट खिनतर्फ जादै गरेको ट्याक्टर दुर्घटनामा परेको हो ।
खाद्यान्न,खुद्रा सामान बोकेर जाँदै गरेको नम्बर नखुलेको ट्याक्टर सडकदेखि करिब १०० मिटर तल खसेको कालिकोटका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले सीआईएनसँग बताउनुभयो ।
कालिकोट पलाँता ४ बस्ने अन्दाजी २१ वर्षका रवीन्द्र विक, सोही ठाउँ बस्ने ३२ वर्षकी सदु बुढा, पालिकाको ५ नम्बर वडा सल्लीकोट बस्ने वर्ष अन्दाजी २५/२६ की अम्बा शाही र मुगु खत्याड गाउँपालिका ५ कवा बस्ने वर्ष अन्दाजी २५ का चन्द्र प्रकाश रोकायको दुर्घटनामा मृत्यु भएको प्रहरीको भनाइ छ ।
रोकाया ट्याक्टर चालक भएको प्रहरीको भनाइ छ ।
प्रकाशित मिति: सोमबार, वैशाख ८, २०८२