काठमाडौं । नेपाल प्रहरीकी डिएसपी बसुन्धरा खड्का संयुक्त राष्ट्र संघको उच्च पदमा मनोनयन हुनुभएको छ । इटालीस्थित राष्ट्रसंघको ग्लोबल सर्भिस सेन्टरको प्रि थ्री तहको पदमा उउहाँ छनौट हुनुभएको हो । पि थ्री तहको पदमा थोरै मात्र प्रहरी अधिकारीहरु पुगेका छन् ।
इटालीमा उहाँ ट्रान्जिसनल क्राइम अफिसरका रुपमा काम गर्नुहुनेछ । विश्वभरीका प्रहरीबाट उहाँ सो पदका लागि छनोट भएकी हुन् ।
यसअघि राष्ट्रसंघीय शान्ति मिसनमा देखाएको क्षमता र अन्र्तवार्ताका आधारमा उहाँ सो पदमा छनोट हुनुभएको हो । डिएसपी खड्का नेपाल प्रहरीकी क्षमतावान प्रहरी अधिकृतका रुपमा चिनिनुहुन्छ ।
प्रकाशित मिति: शुक्रबार, फागुन १०, २०७५, १३:१४