काठमाडौं ।
नुवाकोट बट्टारका पवित्रा फूँयालको २० महिनाको छोरा छ । दिउँसो खेलेपनि बिहान बेलुका छोरालाई मोबाइल नभई हुँदैन । पवित्राले भन्नुभयो, ‘खाना खाने टाइममा त्यो मान्दैन, रुन्छ भन्ने डर लाग्छ अनि चलाउन दिने गरेको छ ।’
पोखराका सरिता थापाले पनि दुई वर्षको बच्चालाई खाना खुवाउने बेला मोबाइल देखाउनुपर्छ । सरिताले भन्नुभयो, ‘ त्यति धेरै गाह्रो पनि होइन, त्यति धेरै सजिलो पनि होइन । खाना खाने बेलामाचाहिँ मोबाइल, गेम देखाउनुपर्छ ।’
पवित्रा र सरितामात्रै होइन । हिजोआज गाउँ होस् यो शहर, मोबाइल बिना बालबालिकाले न खाना खान्छन्, न गृहकार्य गर्छन् ।
मनो चिकित्सकहरुका अनुसार खाना खाँदा र खुवाउँदा गरिने अन्तरक्रिया, कथा सुनाउँदा बच्चाले गर्ने कल्पना कलिलो दिमागको वृद्धि विकासका लागि निकै सहयोगी हुन्छ ।
तर आजकाल टिभी र मोबाइल हेर्दै खाना खाँदा बच्चाहरुले न खानाको स्वाद थाहा पाउँछन् न वास्ना ।
मोबाइल, ल्यापटप, ट्याब्लेट जस्ता उपकरणहरुको अत्यधिक प्रयोगले बालबालिकाको खाने, सुत्ने र पढ्ने समय बिगारेको मात्रै छैन विभिन्न मानसिक समस्या समेत निम्त्याएको छ ।
मोबाइल, ल्यापटप, ट्याब्लेट जस्ता उपकरणहरुको अत्यधिक प्रयोगले बालबालिकाको खाने, सुत्ने र पढ्ने समय बिगारेको मात्रै छैन विभिन्न मानसिक समस्या समेत निम्त्याएको छ ।
मनोविमर्शकर्ता बेबी शाहका अनुसार इन्टरनेटको ज्यादा प्रयोगले बालबालिकामा लागू औषधको भन्दा बढि असर गरिरहेको छ ।
शाहले भन्नुभयो, ‘बच्चाहरुमा विशेषगरी स्लिपिङ डिसअर्डर भन्छ त्यो सुत्न नसक्ने समस्या, एकदमै रिसाउने, झर्किने, खानमा पनि समस्या हुने, पढाइमा त झन ध्यानै नजाने, पढ्नै नमान्ने ।’
शाहले अगाडी भन्नुभयो, ‘हामीकहाँ आएका केशहरु पनि त्यस्तै खालका छन् । पढ्न मन नलाग्नेचाहिँ एकदमै बढी छ, रिसाउने, झर्किने अनि अर्को कुरा कसैले केही भनेको छ भने पनि त्यसको रेस्पोन्स नै छैन । जुन संवेगहरु हुनुपर्ने त्यो छैन, खाली उपकरणमै एकोहोरो जस्तो के, यो त कोकीन खाएको भन्दा पनि बढ्ता जस्तो भइसक्यो । ’
शाहका अनुसार हिरोइन, कोकीन जस्ता लागू औषधका दुव्र्यसनीजस्तै जटिलता इन्टरनेट र उपकरणको लतले निम्त्याएको छ ।
शाहका अनुसार हिरोइन, कोकीन जस्ता लागू औषधका दुव्र्यसनीजस्तै जटिलता इन्टरनेट र उपकरणको लतले निम्त्याएको छ ।इन्टरनेटको ज्यादा प्रयोगले बालबालिकाको सिकाइमा समेत असर परेको विभिन्न अध्ययनले देखाएको छ ।
नेपालमा इन्टरनेटको ज्यादा प्रयोगले बालबालिकाको मष्तिष्कमा कस्तो असर गरेको छ भनेर विशेष खालका अध्ययनहरु नभए पनि अन्य देशमा भएको अध्ययन हेर्दा र आफूकहाँ आउने बालबालिकालाई हेर्दा आफूले यस्तो पाएको उहाँले बताउनुभयो ।
१० देखि १८ वर्ष मुनिका बालबालिकामा गरिएको एक सर्वेक्षण अनुसार ७२ प्रतिशतले इन्टरनेटमा सामाजिक सञ्जालको प्रयोग गर्ने गर्छन् । त्यो क्रममा प्रत्येक ४ जना बालिकामध्ये १ जना र ६ जना बालकमध्ये १ जना दुव्र्यवहारमा पर्ने गरेका छन् ।
इन्टरनेटको ज्यादा प्रयोगले बालबालिकाको सिकाइमा समेत असर परेको विभिन्न अध्ययनले देखाएको छ ।
साथीहरुसँग जम्मा भएर बालबालिकाले चौरमा खेल्ने विभिन्न खेलहरु हिजोआज हराइसकेको छ । बालबालिका घण्टौं मोबाइलमा गेम खेल्ने गर्छन् ।
बाहिर उज्यालो चौरमा उफ्रने, दौडने गर्दा शरीर चुस्त हुनुका साथै दिमाग पनि स्फुर्त हुन्छ । प्रत्येक दिन कम्तीमा एक घन्टा विभिन्न किसिमका कसरत र खेल बच्चाहरूको उच्चतम विकासका लागि अपरिहार्य मानिन्छ ।
इन्टरनेटले बालबालिकालाई नयाँ कुरा थाहा पाउन र गृहकार्य गर्न सघाउँछ । तर बालबालिकाहरूलाई दुई घण्टाभन्दा लामो समय मोबाइल फोन वा टिभी हेर्न दिनु नहुने विज्ञहरु बताउँछन् ।
शिक्षा क्षेत्रका एकजना अध्येयता शान्ता दिक्षित उपकरणहरुको प्रयोगका विषयमा अभिभावक चनाखो हुनुका साथै सरकारले नीति नै बनाउनुपर्ने आवश्यकता औंल्याउनुहुन्छ ।
दिक्षितले भन्नुभयो, ‘प्रविधि क्षेत्रका व्यवसायीहरुले आफ्नो बच्चाको लागि कहिलेपनि यि सामग्रीहरु बनाएनन्, उनीहरुले अरुका बच्चाका लागि यि सामग्री बनाउँछन् र अथाह पसा कमाउँछन् । ’
यस्ता विषयमा अभिभावक चनाखो हुनुका साथै सरकारले उपकरणहरुको प्रयोगका विषयमा कानुन नै बनाउनुपर्ने उहाँको भनाइ छ ।
बालबालिकालाई उपकरणको लतबाट टाढा राख्न अभिभावकले उनीहरुको प्रश्न सुन्ने, इन्टरनेटमा घण्टौं उनीहरुलाई एक्लै नछोड्ने, उनीहरु सँगै विभिन्न खेल खेल्ने, कथाहरु सुनाउने, घुमाउन लैजाने गर्नुपर्ने बालबालिकाको क्षेत्रमा काम गर्ने एकजना अधिकारकर्मी कृति भट्टराई बताउनुहुन्छ ।
इन्टरनेट र विभिन्न उपकरणको अत्यधिक प्रयोगले बालबालिकालाई अभिभावक र साथीहरुबाट पनि विस्तारै टाढा बनाउँदै लगेको छ ।
बालबालिकालाई यस्ता उपकरण चलाउन दिंदा अभिभावक एकदमै सचेत बन्नुपर्ने भट्टराईको भनाइ छ ।
इन्टरनेटले बालबालिकालाई नयाँ कुरा थाहा पाउन र गृहकार्य गर्न सघाउँछ । तर बालबालिकाहरूलाई दुई घण्टाभन्दा लामो समय मोबाइल फोन वा टिभी हेर्न दिनु नहुने विज्ञहरु बताउँछन् ।
केही समय अघि ब्रिटेनका स्वास्थ्य प्रमुखहरूले बेलुकी खानाको समय र सुत्ने समयमा मोबाइल फोनको प्रयोग निषेध गर्न सुझाव दिएका थिए ।
बालबालिकाहरूलाई दुई घण्टाभन्दा लामो समय मोबाइल फोन वा टिभी हेर्न दिनु नहुने उनीहरुको निष्कर्ष छ ।
इन्टरनेट र विभिन्न उपकरणको अत्यधिक प्रयोगले बालबालिकालाई अभिभावक र साथीहरुबाट पनि विस्तारै टाढा बनाउँदै लगेको छ ।
अडियो सुन्नुहोस् :
प्रकाशित मिति: शनिबार, भदौ १४, २०७६, ०७:१२