काठमाडौं । वीर अस्पतालमा लिफ्ट चुडिँदा दुईजनाको मृत्यु भएको छ। अस्प्तालको निर्माणाधीन भवनको लिफ्ट चुडिदा २ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा सप्तरीका नवीन चौधरी र भूमिकुमार चौधरी रहेका छन् ।
दुबै जना वीर अस्पतालको निर्माणामा कार्यरत थिए ।बिहिबार साँझ भवनको लिफ्ट चुडिँदा अर्को एक जना गम्भीर घाइते भएका छन् ।
घाइते सप्तरीका सोभित कुमार चौधरीको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भईरहेको छ । लिफ्ट के कारणले चुडिँयो भन्नेबारे अनुसन्धान भईरहेकोअस्पतालले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, फागुन १०, २०७५, १३:४२