काठमान्डु । प्रहरीको कुटाइबाट सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको विद्यार्थी संगठन अनेरास्ववियूका संयोजक ऐन महर, सचिब सुदेश पराजुली, नेता समिक बडाल सहितका बिद्यार्थी नेताहरु घाइते भएका छन् ।
चिकित्सा शिक्षा अध्ययन संस्थान आईओएमका स्ववियु सभापति मिलन गैरेसहित १६ जना विद्यार्थी आज विहान पक्राउ परेका थिए । उनीहरुलाइ भेट्न पुलिस क्लब पुगेको समयमा गेटभित्र प्रवेश गर्न नदिइ प्रहरीले एक्कासी बल प्रयोग गरेको सचिब पराजुलीले सीआईएनलाइ जानकारी दिनुभयो ।
लोकतान्त्रिक व्यवस्थामा पनि प्रहरीले यसरी लाठी बर्साउनुले प्रहरी प्रतिको व्यवसायिकता र विश्वसनियतामाथी प्रश्न चिन्ह खडा भएको सचिब पराजुलीले टिप्पणी गर्नुभयो ।
घाइते विद्यार्थीको बागबजारस्थित काठमान्डु मोडल अस्पतालमा उपचार भइरहेको जनाइएको छ । महानगरिय प्रहरी परिसरका प्रवक्ता प्रहरी नायव उपरिक्षक होविन्द्र बोगटीले भने महेन्द्र पुलिस क्लवभित्र राखिएका विद्यार्थी नेतालाई भेट्न चार–चार जनालाई समुहगत रुपमा पालैपालो भेट्न दिइएपनि धेरै विद्यार्थी एकैपटक जान खोजेपछि भिडलाई नियन्त्रणमा ल्याउन खोज्दा सामान्य चोटपटक लागेको बताउनुभयो ।
उहाँका अनुसार भिडलाई नियन्त्रण गर्न खोज्दा गेटमा रहेका सुरक्षाकर्मीमाथी विद्यार्थी नेताले नै गेटमा रहेका सुरक्षाकर्मीमाथी हेल्मेट प्रहार गरेपछि दुइजना प्रहरी घाइते भएका छन् । प्रहरी माथीनै हेलमेट प्रहारभएपछि भिडलाई नियन्त्रण गर्न खोज्दा विद्यार्थी नेतालाई पनि सामान्य चोटपटक लागेको बोगटीले बताउनुभयो ।
प्रहरी दमन विरुद्ध अनेरास्ववियुको विज्ञप्ती
विद्यार्थी नेताहरुमा माथि कुटपिट भएको घटना प्रति अनेरास्ववियु केन्द्रीय कमिटिले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सह–संयोजक रन्जित तामाङले प्रेश विज्ञप्ती निकालेर विद्यार्थी नेताहरु माथि प्रहरीले दमन गरेको भन्दै घटनाको भत्र्सना गर्नुभएको छ ।
प्रकाशित मिति: बुधबार, भदौ १८, २०७६, २०:०२