नहकुल जोशी, रेडियो बुढीनन्दा, कोल्टी ।
बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका वडा नम्बर चारको छापु गाउँमा घर घरमै खानेपानीको धारा पुगेपछि स्थानीय खुशी भएका छन् ।
जिल्लाकै पहिलो र नमुना खानेपानी योजनाका रुपमा छापुका ६८ घर परिवारका लागि ७० वटा धाराको निमार्ण गरी घर घरमा पानी वितरण गरिएको हो ।
‘पानीको पुनः प्रयोग, हुन्छ सहि सदुपयोग’ भन्ने मूल नाराका साथ प्रत्येक घरमा स्वच्छ पानी पु¥याइ, सरसफाई प्रवद्र्धन र तरकारी खेती गर्ने, त्यहि तरकारी खेतीबाट भएको आम्दानीले पानीको बिल तिर्ने गरी धारा हस्तान्तर गरिएको ग्रामिण जलस्रोत व्यवस्थापन परियोजना स्वामीकार्तिकले जनाएको छ ।
नेपाल सरकार, फिनल्यान्ड सकार, युरोपियन युनियन र गाउँपालिकाको २८ लाख २४ हजार १३३ लागत र स्थानीयको ९ लाख २१ हजार ७६२ जनश्रमदान गरी कुल ३७ लाख ४५ हजार ९९५ रुपैयाँ लागतमा सो धारा निमार्ण गरी हिजो एक कार्यक्रमकाबीच हस्तान्तर गरिएको हो ।
प्रकाशित मिति: सोमबार, भदौ २३, २०७६, १३:०७