विकास गुरुङ, रेडियो तीनजुरे, तेह्रथुम
तेह्रथुमको आठराई गाउँपालिका क्षेत्रका शैक्षिक संस्थालाई एक व्यक्तिले २१ लाख रुपैयाँको छात्रवृत्ति अक्षयकोष स्थापना गरिदिएका छन् ।
आठराई गाउँपालिका–५, छातेढुंगाको गैरीगाउँमा जन्मिएर हाल झापाको राजगढ बस्दै आउनुभएका यज्ञप्रसाद ओलीले स्वर्गीय आमाको स्मृतिमा २१ लाख रुपैयाँको ‘गंगामाया डाँगी ओली स्मृति छात्रवृत्ति अक्षयकोष’ स्थापना गर्नुभएको हो ।
छातेढुंगास्थित पोखरी माविमा हिजो भएको वार्षिकोत्सव समारोहमा समाजसेवी ओलीले तेह्रथुम बहुमुखी क्याम्पस र गाउँपालिका क्षेत्रका ९ वटा माध्यामिक विद्यालयमा दुई–दुई लाख रुपैयाँ र छातेढुंगाको होडास्थित सरस्वती माध्यामिक विद्यालयमा एकलाख रुपैयाँको छात्रवृत्ति अक्षयकोष स्थापना गरेको घोषणा गर्नुभएको हो ।
प्रकाशित मिति: सोमबार, भदौ २३, २०७६, १३:२७