नेपालगञ्ज । बाँकेको जानकी गाँउपालीका वडा नम्बर ३ वन्जारे गाँउका ५४ वर्षीय फातिमा बागवान एक कट्ठा जमिनको मालिक भएको डेढ वर्ष मात्रै भयो ।
उहाँको श्रीमान, एक छोरा र तीन छोरी छन् तर पनि उहाँका ससुराले जग्गा उहाँको नाममा गराईदिनुभयो । ६५ वर्षीया आयसा बेहनाको नाममा पनि जग्गा छ । उहाँका श्रीमान्ले ५ धुर जग्गा ५ वर्ष अघि नै उहाँका नाममा बनाईदिनुभएको हो ।
वन्जारे गाँउमा पुरुषहरू मजदुरीको काम गर्छन् भने महिला घरव्यवहार चलाउने गर्छन् ।
‘जति जग्गा छ मैले श्रीमतीको नाममा गरेको छु । इमान्दारिता भयो भने कुनै पनि समस्या हुँदैन ।’ वडा अध्यक्ष कुर्मीले भन्नुभयो, ‘महिला पनि त मालिक हुनुपर्यो । महिलाको नाममा जग्गा भएमा सरकारले पनि छुट गर्ने गरेका कारण सजिलो भएको छ ।’
जग्गा आफ्नो नाममा भएपछि महिलाहरू पनि खुसी छन् । स्थानीय आश्मा बागवानले भन्नुभयो, ‘मेरो श्रीमानले भन्नुभयो, कि मेरो नाममा जमिन नभएर पनि केही हुँदैन, तिमी आफ्नो नाममा गर । आफ्नो नाममा जमिन भएपछि मलाई खुसी लागेको छ ।’
सरकारलाई तिर्नुपर्ने करमा छुट पाइने, परिवारमा झैझगडा र कलह नहोस भन्ने उद्देश्यले श्रीमतीको नाममा जग्गा, जमीन र वैंकको खाता राख्ने गरिएको स्थानीय हुसेनी बेहनाले बताउनुभयो ।
वडाध्यक्ष विन्देश्वरी कुर्मीले पनि बाँकेमा रहेको आफ्नो सवै जग्गा श्रीमती कृष्णाकुमारी कुर्मीको नाममा दर्ता गर्नुभएको छ । वडामा रहेको कुल १२ हजार जनसङ्ख्या मध्ये करिब ४ सय महिलाको नाममा घरजग्गा, सम्पती रहेको कुर्मीको भनाइ छ ।
सन् २०३० सम्ममा प्राप्त गरीसक्ने दिगो विकासका लक्ष्यमा लिङ्ग, वर्ग, जात र अवस्थाका आधारमा हुने गरेका सबै विभेद अन्त्य गर्ने भनिएको छ । दिगो विकासका लक्ष्य प्राप्त गर्ने सहमति जनाएको नेपाल सरकारले सम्पत्तिमा महिलाको सहभागिता बढाउन महिलाको नाउमा जमिन दर्ता गर्दा विशेष सुविधा दिने नीति लिएको छ ।
‘जति जग्गा छ मैले श्रीमतीको नाममा गरेको छु । इमान्दारिता भयो भने कुनै पनि समस्या हुँदैन ।’ वडा अध्यक्ष कुर्मीले भन्नुभयो, ‘महिला पनि त मालिक हुनुपर्यो । महिलाको नाममा जग्गा भएमा सरकारले पनि छुट गर्ने गरेका कारण सजिलो भएको छ ।’
महिला सशक्तिकरणको आवाज उठीरहेका बेला विकासका दृष्टिकोणले पछाडि परेको मधेसी र मुस्लिम समुदायका पुरुषहरूले महिलाहरूलाई सम्पत्तिको हक दिनु स्वागतयोग्य भएको अधिकारकर्मीहरू बताउँछन् । तर अधिकार कागज र औपचारिकतामा मात्र सीमित भने गर्न नहुनेमा उनीहरुको जोड छ ।
अडियो सुन्नुहोसः
प्रकाशित मिति: शुक्रबार, भदौ २७, २०७६, ०७:३८