काठमाडौं । ब्यवस्थापिका संसदको बैठक बसिरहेको छ । बैठकमा प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवाले सम्वोधन गरिरहनुभएको छ । प्रधानमन्त्रीले गर्ने सम्वोधन भने स्थगित भएको छ ।
संसद अधिवेशन अन्त्य हुने भएकाले बिहीबार दुवै सदनमा उनले सम्बोधन गर्ने कार्यक्रम तय भएको थियो ।
दिउँसो साढे २ बजे प्रतिनिधि सभा र त्यसपछि राष्ट्रिय सभामा सम्बोधन गर्ने भनिएको थियो ।
शुक्रबार संविधान दिवस परेकोले त्यो दिन पनि केही बोल्नुपर्ने भएकाले बिहीबारको सम्बोधन रोकिएको प्रधानमन्त्री निकट स्रोत बताएको छ ।
प्रकाशित मिति: बिहीबार, असोज २, २०७६, १५:०८