काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र चिनियाँ कम्युनिस्ट पार्टीबीच हरेक बर्ष नीतिगत छलफल गर्ने सहमति भएको छ । आज दुई देशका कम्युनिस्ट पार्टीबीच औपचारिक रूपमा भाइचारा सम्बन्ध स्थापित गर्ने र सहयोग आदानप्रदान गर्ने विषयमा सहमतिपत्रमा हस्ताक्षर भएको छ ।
सहमतिपत्रमा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालको उपस्थितिमा नेकपाका वरिष्ठ नेता तथा विदेश विभाग प्रमुख माधवकुमार नेपाल र चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख सोङ ताओले हस्ताक्षर गर्नु भएकोछ । ६ वटा बुँदामा सहमतिसहित हस्ताक्षर भएको छ ।
सहमतिसहित हस्ताक्षर गरिएका विषय
१। उच्चस्तरीय भ्रमण
२। कार्यकर्ता तहको अध्ययन भ्रमण बृद्धि
३। पार्टी पार्टी अनुभव आधारित सहयोग आदान प्रदान
४। युवा र स्थानीय नेताहरूबीच भ्रमण आदान प्रदान
५। जनस्तरको सम्बन्ध बुद्धिजीवी, नागरिक संस्था, मिडिया अभिवृद्धि
६। विचार सिद्धान्तमा आधारित बार्षिक कार्यक्रम संचालन
प्रकाशित मिति: मंगलबार, असोज ७, २०७६, १४:१६