श्रीकान्त झा, रेडियो जनकपुर, जनकपुरधाम ।
धनुषामा करेन्ट लागेर तीन जनाको मृत्यु भएको छ ।
धनुषाको धनुषाधाम नगरपालिका स्थित पूर्व पश्चिम राजमार्ग अन्तरगत गोदार र पोर्ताहाको विचमा रहेको पूर्वेली होटलका सञ्चालक सहित तीनजनाको मृत्यु भएको प्रहरी चौकी पोर्ताहाका ईन्चार्ज असई लालबहादुर तामाङ्गले जानकारी दिनुभयो ।
पूर्वेले होटलका सञ्चालक ५५ वर्षका शिवकुमार महतो, उहाँका श्रीमति र होटलमै काम गर्ने एकजना कामदारको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुईजनाको नाम भने खुल्न सकेको छैन ।
होटलको फ्रिज खोल्ने क्रममा विद्युत् सर्ट भएको जनाइएको छ ।
श्रीमानलाई छुटाउन जाँदा महतोका श्रीमती र होटेलमा काम गर्ने एकजना कामदारको पनि मृत्यु भएको तामाङ्गले जानकारी दिनुभयो ।
प्रकाशित मिति: बुधबार, असोज ८, २०७६, १०:५७