रेडियो सिद्धबाबा, सिन्धुली ।
सिन्धुलीको दूधौली नगरपालिका–२ बसनियामा पितृप्रसाद खाँदा २७ जना बिरामी भएका छन् ।
स्थानीय राजेन्द्र दाहालको घरमा हिजो सोह्र श्राद्धतिथिको श्राद्धमा पितृप्रसाद खाँदा उनीहरु बिरामी भएका हुन् ।
बिरामी परेका मध्ये छ जनाको स्थानीय स्वास्थ्य चौकीमा उपचार हुन नसकेपछि हिजो राती नै बर्दिबासस्थित जनसेवा अस्पताल पठाईको वडा अध्यक्ष रितेश राउतले जानकारी दिनुभयो ।
बाँकी २१ जना बिरामीको स्थानीय स्वास्थ्य चौकीमा उपचार भईरहेको उहाँले बताउनुभयो । फुड प्वाईजनका कारण उनीहरु बिरामी परेका हुनसक्ने बताइएको छ ।
वडा अध्यक्ष राउतका अनुसार बर्दिबास पठाईएका बिरामीहरुमा ५ वर्षिय आनन्द बराल, २० वर्षिया सुमित्रा कार्की, ३० वर्षिया संगीता बराल, ३५ वर्षिय विशाल बराल, ६५ वर्षिय तेजप्रसाद ढुंगेल र ६० बर्षिया नर्बदा बराल रहेका छन् ।
प्रकाशित मिति: बुधबार, असोज ८, २०७६, १२:१८