काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि लगाइएको यौन दुर्व्यवहारका विषयमा प्रहरीले अनुसन्धान सुरु गरेको छ । गृहमन्त्रालयमा उच्चस्तरीय सुरक्षा बैठक बसेको छ । आरोप लगाउने महिलाले किटानी जाहेरी दिएपछि अनुसन्धान टोली नै बनाएर सुरु गर्ने तयारी छ ।
गृहसचिव प्रेमकुमार राई, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र शान्ति सुरक्षा महाशाखा प्रमुख रामकृष्ण सुवेदीबीच गृहमन्त्रालयमा यसै विषयमा छलफल भएको छ।
घटनास्थल र प्रमाणहरु सुरक्षित गर्ने कार्य भइरहेको छ। आफूमाथि बलात्कार आरोप लागेको समाचार बाहिरिएलगत्तै कृष्णबहादुर महरा प्रतिनिधिसभाको सभामुखबाट राजीनामा दिइसक्नु भएको छ ।
तर उपसभामुख शिवमाया तुम्बाहाङफेलाई बुझाएको राजीनामापत्रमा छानबिन प्रक्रिया नसकिँदासम्मका लागि राजीनामा दिएको भनिएको छ ।
प्रकाशित मिति: मंगलबार, असोज १४, २०७६, १७:३४