काठमाडौं । ठूलो संख्यामा सरकारले एकै पटक कर्मचारी मागेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा विभिन्न पदमा १९२ कर्मचारी माग गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले दरखास्त आव्हान गरेको छ।
परियोजना अन्तर्गत विभिन्न जिल्लामा सञ्चालित परियोजना कार्यान्वयन इकाइहरु अन्तर्गत रहेका जोन/सुपरजोनको लागि आवश्यक रेहको कृषि प्राविधिक र पशु सेवा प्राविधिक राजपत्र अनंकति द्वितिय श्रेणी पदमा १९२ जना करारका लागि खुला प्रतियोगिताद्वारा दरखास्त आव्हान गरेको हो।
योग्यता पुगेका व्यक्तिले सम्बन्धित जिल्लामा रहेका परियोजना कार्यान्वयन इकाईहरुमा कात्तिक ४ गतेसम्म दरखास्त दिन भनेको छ।
प्रकाशित मिति: बुधबार, असोज १५, २०७६, १८:४७