काठमाडौं । संसद् सचिवालयमा कार्यरत कर्मचारी रोशनी शाहीले निवर्तमान सभामुख कृष्णबहादुर महराले आफूमाथि बलात्कार प्रयास गरेको भन्दै प्रहरीमा किटानी जाहेरी दिनु भएको छ । आफूमाथि बलात्कार प्रयास गरेको भन्दै हिजो महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वर पुगेर किटानी जाहेरी दिनु भएको हो ।
प्रहरी स्रोतका अनुसार आजदेखि अनुसन्धान सुरु हुनेछ । आजै निर्वतमान पक्राउ गर्न सकिने प्रहरी स्रोतले सीआइएनलाई जानकारी दिएको छ । ‘हामी अनुसन्धानमा लागि सकेका छौ अब जुनसुकै बेला पनि हउहाँ पक्राउ पर्न सक्नु हुन्छ ’ एक उच्च अधिकारीले भन्नुभयो ।
किटानी जाहेरी हिजो दर्ता भएकाले आज अदालतको अनुमति लिएर महरामाथि थप अनुसन्धान प्रक्रिया सुरु गरिने प्रहरीले उहाँको भनाई छ । अदालतको अनुमति लिएर महरालाई पक्राउ गरिने र अनुसन्धान थाल्ने तयारी छ । यौन दुव्र्यवहारको घटना सार्वजनिक भएपछि महराले सोमबार सभामुख पदबाट राजीनामा दिइसक्नु भएको छ । तर सांसद पद भने यथावत छ । किटानी जाहेरीपछि प्रहरीले बलात्कार प्रयासको अभियोगमा छानबिन प्रक्रिया अगाडि बढाउन महरालाई सांसद पदबाट निलम्बन गर्न प्रतिनिधिसभाका कार्यवाहक सभामुख समक्ष लिखित आग्रह पनि आज गर्दैछ ।
बहालवाला सांसदलाई पक्राउ गर्नुअघि सभामुख या कार्यवाहक सभामुखलाई पूर्वजानकारी गराउनुपर्ने कानुनी व्यवस्था छ । अपराध संहिता २०७५ अनुसार बलात्कार गरेको प्रमाणित भए महरामाथि ७ देखि १० वर्ष कैद सजाय हुनेछ भने बलात्कारको प्रयास गरेको प्रमाणित भएमा तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।
प्रकाशित मिति: आइतबार, असोज १९, २०७६, ०७:३४