काठमाडौं । प्रदेश सरकार गठन भएको दुईबर्ष पुग्न लागेपनि ४ वटा प्रदेशले नाम र राजधानी टुंगो लागाउन सकेका छैनन् । प्रदेश १ ले स्थायी राजधानी विराटनर बनाउने सहमति गरेपनि नामका विषयमा टुंगो लगाउन सकेको छैन । प्रदेश २, ३ र ५ मा नाम र राजधानीका विषयमा विवाद छ ।
हिमाल, पहाड र तराईंको भूगोलमा फैलिएको प्रदेश १ मा सरगमाथा, कोसशी, लिम्बुवान भन्नेमा छलफल चलिरहेको छ । बर्खे अधिवेसन अन्त्य भइसकेकाले नाम तोक्ने विषय अझै पर पुगेको छ ।
प्रदेश २ मा पनि राजधानी र नामका विषयमा धेरै विवाद देखिन्छ । मधेस, मिथिला, भोजपुराजस्ता नाम चर्चामा छन । समाजवादी पार्टी, राजपा मधेस प्रदेश राख्ने पक्षमा छन भने नेकपा कांगेस मिथिलाको लविङमा छन । राजधानी जकपुर र बीरगंजका विषयमा विवाद छ । जनकपुर र वीरगञ्जबाहेक अन्य शहरले राजधानी हुने कुनै पूर्वाधार नभएकाले जनकपुर सम्भावना रहेको मुख्यमन्त्री लालबाबु रावतको संकेत छ ।
नाम र राजधानी टुंगो लगाउन समिति गठन भइसकेकाले अब त्यसकै आधारमा अघि बढ्ने मन्त्री रावतले सीआइएनसँग बताउनुभयो । प्रदेशको नाम र राजधानीबारे प्रदेश ३ मा पनि धेरै विवाद छ । मुख्यमन्त्री डोरमणि पौडेलले राजधानी हेटौडा कायम रहने संकेत गर्नुभएको छ ।
मुख्यमन्त्री पौडेलले काभेलाई पनि आफुले राजधानीका रुपमा नै हेरेकाले आफु त्यो ठाउँमा राजधानी रार्ने पक्षमा नरहेको पनि बताउनुभयो । नामका विषयमा बागमती, नारायणी, गौरशंकर बढी चर्चामा छन् । प्रदेश ५ मा नाम र राजधानीको विषय पेचिलो बन्दै गएपछि अझै सहमति भएको छैन ।
नामका हिसावले गौतम बुद्ध र लुम्बीनी बढी चर्चामा छ भने राजधानी दाङ या बुटवल भन्नेमा विवाद कायम नै छ । नाम र राजधानी टुङगो लगाएका प्रदेश सरकारहरुले पनि कामलाई गति दिन नसकेको पाइएको छ ।
प्रकाशित मिति: बिहीबार, असोज २३, २०७६, ०६:५४