काठमाडौँ । नेपाल–चीन रेलमार्गको विषयमा चर्चा सुरु भएको झन्डै ४ वर्ष भयो । यस अवधिमा नेपाल–चीन रेलमार्गको सम्भाव्यताको विषयमा झन्डै ८ भन्दा बढी अध्ययनहरू भएका छन् ।
नेपालमा चीनबाट रेल आउँछ भन्नेमा कुनै शङ्का नरहेको विज्ञहरुको भनाइ छ । समतल ठाउँमा जति सजिलै रेलमार्ग निर्माण हुन सक्छ, त्यसरी पहाडी र हिमाली क्षेत्रमा बनाउन कठिन त हुन्छ नै । तर प्राविधिक तयारीपछि रेल बन्नेमा सम्भावना रहेको पूर्वाधार विज्ञ सूर्यराज आचार्यले सीआईपएनसँग बताउनुभयो ।
उहाँ भन्नुहुन्छ, ‘नेपालमा चीनबाट रेल आउनेमा कुनै शङ्का छैन । सम्भाव्यता अध्ययनपछि नेपालमा पनि चीनबाट रेल आउने सम्भावना छ । तर, समय भने लाग्छ ।’
भर्खरै चिनिया राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणबाट पनि चिनिया रेल आउनेमा सुनिश्चित जस्तै भएको छ ।
चीनिया रेल आउँछ कि आउँदैन ? भन्ने विषयमा दुवै देशबीच चर्चा चलिरहँदा चिनिया राष्ट्रपति सीले नेपालमा चिनिया रेल आउने प्रतिबद्धतासहित नेपाल सरकारसँग सम्झौता नै भइसकेको छ ।
नेपालमा रेलको इतिहास हेर्ने हो भने करिब ९२ वर्ष पहिले रेल्वे सञ्चालनमा आएको थियो । सन् १९२७ मा भारतको रक्सौलमा रेल आयो । बाराको अमलेखगञ्जसम्म जोडियो । झुम्का–धरान–बराहक्षेत्रमा पनि रेल गुड्थ्यो ।
नेपाल र चीनबीच केरुङ–काठमाडौँ रेलमार्गको डीपीआर अर्थात् विस्तृत परियोजना प्रतिवेदन अध्ययन गर्ने सहमतिमा हस्ताक्षर भयो । अबको ९ देखि १० वर्षपछि नेपालमा चीनबाट रेल आउनेछ ।
यसअघि टुङ्गो नलागेको सम्भाव्यता अध्ययनको ३ अर्ब खर्च चीनले बेहोर्नेछ । केरुङ हुँदै काठमाडौं आउने रेलको अन्तिम बिन्दु काठमाडौंको टोखा हुनेछ ।
चीन सरकारकै पञ्चवर्षीय योजनामा नेपाल–चीन रेल समावेश गरिएकाले अबको ९/१० वर्षमा चीनबाट रेल आउने विज्ञहरू बताउँछन् । तर, चीनबाट रेल आउने विषयमा चीनको मात्रै भर नपरी नेपाल सरकारले पनि तयारी गर्नुपर्ने देखिन्छ ।
पूर्वाधारविज्ञ आचार्यका अनुसार रेलमार्ग निर्माणका लागि नेपाल सरकारको तयारी भने निकै कमजोर छ । सरकारले प्राविधिकको व्यवस्थापन, जनशक्तिलगायत विषयमा पनि तयारी गर्नुपर्ने छ ।
झन्डै ७५ किलोमिटरको हाराहारीमा बन्ने केरुङ–काठमाडौं रेल प्रतिघण्टा झन्डै १ सय २० किलोमिटरको गतिमा कुद्नेछ ।
चीनसँग नेपाल रेलमार्गमा जोडिँदा नेपालको व्यापार घाटा कम गर्न, मल आयात लगायतमा सजिलो हुनेछ ।
नौतनवा–भैरहवा, रुपैडिया–नेपालगञ्ज र जलपाइगुडी–काँकडभित्तासम्म रेल ल्याउने प्रक्रिया अघि बढेको छ । भौगोलिक बिकटताले पूर्व–पश्चिम छिचोल्न सडकबाट कम्तिमा २४ घण्टा लाग्छ । रेल चल्यो भने चार घन्टामै वारपार गर्न सकिनेछ ।
दक्षिणी छिमेक भारतबाट हुने असमान व्यवहार र अवरोधका कारण पहिलेबाटै उत्तरी ढोका खोल्न चाहेको नेपालका लागि सी भ्रमणले मुलुककै समृद्धिको ढोका खुलेको सरकारले नै दावी गरेको छ ।
नेपालमा रेलको इतिहास हेर्ने हो भने करिब ९२ वर्ष पहिले रेल्वे सञ्चालनमा आएको थियो । सन् १९२७ मा भारतको रक्सौलमा रेल आयो । बाराको अमलेखगञ्जसम्म जोडियो । झुम्का–धरान–बराहक्षेत्रमा पनि रेल गुड्थ्यो । दक्षिणी सीमानामा मात्रै सीमित रहेको रेल चीनबाट पनि आयो भने उत्तरी सीमामा पनि जोडिने छ ।
चीनबाट रेल आउनुभन्दा पहिले भारत र चीनसँग नेपाललाई रेलको माध्यमबाट जोड्ने कार्यमा जयनगर–बर्दिवास र जोगवनी विराटनगर आउने एक वर्षमा सञ्चालनमा आइसक्ने रेल्वे विभागले जनाएको छ ।
नौतनवा–भैरहवा, रुपैडिया–नेपालगञ्ज र जलपाइगुडी–काँकडभित्तासम्म रेल ल्याउने प्रक्रिया अघि बढेको छ । भौगोलिक बिकटताले पूर्व–पश्चिम छिचोल्न सडकबाट कम्तिमा २४ घण्टा लाग्छ । रेल चल्यो भने चार घन्टामै वारपार गर्न सकिनेछ ।
प्रकाशित मिति: मंगलबार, असोज २८, २०७६, ०६:४७