काठमाण्डौं । नेपालमा सुन्तला र जुनार खेती गर्दै आएका किसानले अब ६ गूणा सम्म बढि मूल्य पाउने भएका छन् । नेपालको दुई दिने भ्रमणमा आउनु भएका चिनियाँ राष्ट्रपति सी चिनफिङसंग भएको कृषि संझौता पछि नेपालमा उत्पादित जुनार र सुन्तलाले अन्तराष्ट्रिय बजार पाउने भएको छ ।
नेपालको कृषि तथा पशुपन्छि मन्त्रालय र जनरल एड्मिनिस्ट्रेशन फर कस्टम एण्ड रिपब्लिक अफ चाइनाको बीचमा चीनिया सरकारी टोलीबीच फलफूल आयात तथा निर्यात गर्ने बारेमा सम्झौता भएको हो । सम्झौता भएसंगै नेपालमा उत्पादन भएका गुणस्तरीय सुन्तला र जुनार चिनको जिनज्याङ प्रान्तमा निर्यात हुने भएको छ ।
चीनले यसअघि सन् २०१२ मा रोग किरा नलागेका र राम्रो संग जाँच भएका सुन्तला र जुनार आयात गर्ने सम्झौता गरेको थियो । तर कार्यान्वयन भने भएको थिएन । यो संझौताले किसान र देशको अर्थतन्त्रमा टेवा पुग्ने कृषि तथा पशुपन्छि विकास मन्त्रालयका सचिव युवक ध्वज जिसीले सीआईएनसंग बताउनुुभयो । तर नेपालले उत्पादन गरेको जुनार र सुन्तला गूणस्तरिय भने हुनुपर्दछ । कुनै पनि रोग किरा नलागेको स्वस्थ जुनार र सुन्तला चीनमा निर्यात हुने सचिब जिसिले बताउनुभयो ।
नेपालमा सुन्तला र जुनार खेती गर्दै आएका किसानले अब ६ गूणा सम्म बढि मूल्य पाउने भएका छन् ।
जिनज्याङ प्रान्तमा यस्तो उत्पादन कम हुन्छ तर लाइफ स्टाइल अलि हाइ छ त्यसो भएकाले अलिक महंगोमा पनि उहाँहरु लैजान तयार हुनुभएको छ सचिब जिसिले भन्नुभयोःहामीले संझौता अनुसारको गूणस्तरीय सुन्तला उत्पादन गर्न सके किसानले ६ गूणासम्म बढि मूल्य पाउनेछन् ।
सरकारले अब सुन्तला र जुनार उत्पादन गर्ने किसानहरुलाई कसरी गुणस्तरीय रुपमा उत्पादन गर्ने भन्ने विषयमा प्रशिक्षण दिने तयारी गरेको पनि उहाँले जानकारी दिनुभयो । नेपालमा अहिले ४६ हजार हेक्टरमा तीन लाख मेट्रिकटन सम्म सुन्तला र जुनार उत्पादन भइरहेको छ ।
यो बिषय संझौता भएदेखि नै कार्यान्वयन हुने भएकाले किसान, व्यापारी र कर्मचारीलाइ यसबारेमा जानकारी गराएर जतिसक्दो छिटो कार्यान्वयन गर्ने तयारीमा सरकार छ । जति छिटो संझौता कार्यान्वयन भयो त्यति छिटो नेपालको जुनार र सुन्तला चीनको बजारमा पुग्ने छ ।
प्रकाशित मिति: बुधबार, असोज २९, २०७६, १३:२४