डडेलधुराका पार्वती देउवा, पेशाले गृहणी हुनुहुन्छ, तर नेपालमा गृहणीलाई पेशाको रुपमा मानिदैन । उहाँको श्रीमानले कार्यालयमा काम गर्नुहुन्छ । मासिक केही हजार रुपैया कमाउनुहुन्छ । तर पार्वतीले घरमा विहानदेखि बेलुका सम्म गर्ने कामको फेहरिस्ते लामो छ ।
चारै बजे उठ्नुपर्छ, घरको धन्दा छोरा छोरीको हेरचाह, श्रीमान, सासु ससुराको हेरबिचार, करेसाबारीको काम, बिहानै देखि एकै छिन फुर्सद हुन्न उहाँले भन्नुभयो तर महिलाले गरेको कामको कुनै हिसाबै हुन्न । पैसा कमाएर ल्याउने मात्रै काम होईन नि, उहाँ भन्नुहुन्छ कामलाई पैसामा जोड्ने हो भने महिलाहरुको कमाई कति हो कति धेरै हुन्छ ।

बैतडीका सञ्जु भट्टलाई पनि घर व्यवहार सम्हाल्दैमा फुर्सद हुदैन । बिहानै उठेर घरको काम । छोरा, छोरीको हेरचाह । विद्यालय पठाउने तयारी । सासु, सुसुरा, नन्द अमजु, घरका परिवारको सबैको ख्याल गर्नुपर्ने महिलाले नै । बिहानैदेखि बेलुकी अबेर सम्म उहाँ घरकै काममा खटिनुहुन्छ । तर उहाँको कामलाई सम्मान गरेको महसुस उहाँलाई हुदैन ।
कहिलेकाँही त लाग्छ घरको काम श्रीमानलाई जिम्मा लगाएर बरु आफै कमाउन जाम, उहाँले भन्नुभयो तर हामीलाई बाहिर काम गर्न जान नि दिदैनन्, घरमा गरेको कामको सम्मान पनि हुदैन ।
सुदुर पश्चिमका प्राय पुरुष कामका लागि भारत जान्छन् । खुल्ला सीमाना भएका कारण कति पुरुष कामका लागि भारत जान्छन् भन्ने एकिन तथ्याङक छैन । तर हिउदमा सरदर ६० प्रतिशत पुरुष कामका लागि भारतमा हुन्छन् । पुरुषहरु विदेश रहदा घर व्यवहार महिलाले सम्हाल्छन् । तर फर्के आएका पुरुषले ल्याएको २०, ३० हजारको महत्व हुन्छ ।

महिलाले घरमा काम गरेर पुर्याएको आर्थिक योगदानको न परिवारले हिसाब गर्छन्, न महिलाहरुले नै । खाँडाचक्र नगरपालिका ७ का शारदा अधिकारी यस्तो अवस्था परिवर्तन गर्नुपर्ने बताउनुहुन्छ । घरमा गरेको कामको सबै हिसाब किताब सहित पैसै चाहिन्छ भन्ने होईन उहाँ भन्नुहुन्छ कम्तिमा सासु सुसरा वा घरका अन्य सदस्यले कामको मूल्याङकन गर्नुपर्यो ।
शहरमा एक घण्टा घरको काम वा सरसफाई गरेबापत महिलाले सरदर ५ सय रुपैया कमाउछन् । कुनै महिलाले एकै दिन ३, ४ घरमा काम गर्छन । यस हिसाबले शहरी क्षेत्रमा काम गर्ने महिलाहरुले कुनै दिन झण्डै २ हजार कमाउछन् । तर अर्काको घरमा नगरि आफ्नै घरमा दैनिक १८ घण्टा काम गरेको पनि हिसाब हुदैन ।
अनौपचारिक श्रमको हिसाब हुनुपर्ने आवाज उठिरहेको भएपनि यसले औपचारिकता लिएको छैन । सांसद सत्या पहाडी अब अनौपचारिक श्रमको पनि मूल्याङकन हुने गरि कानुन बनाउनुपर्ने बताउनुहुन्छ ।
नेपालमा मात्रै होईन तथ्याङक अनुसार विश्वभरि नै ६६ प्रतिशत महिलाले घरको काम गर्छन् । विश्वको कुल खाद्यान्न उत्पादनको ५० प्रतिशतमा उनीहरूकै योगदान रहेको भए पनि सम्पत्तिमा चाहिँ दुई प्रतिशतमात्र स्वामित्व रहनुले महिलाको नाजुक स्थिति झल्काउँछ ।
सुदुरपश्चिमका प्राय प्रत्येक घरका पुरुषहरु रोजगारीका लागि भारत वा अन्य देश जाने गरेका छन् । घर व्यवहार सबै महिलाहरुले धान्छन् । तर महिलाहरुले गर्ने घरायसी कामको मूल्याङकन हुदैन । कार्यालय वा कारखानामा काम गर्ने पुरुषहरुको तुलनामा घर धान्ने महिलाहरुको मेहनेत र दुःख धेरै हुने तर मुल्याङक किन नहुने ? महिलाहरुको गूनासो छ ।
नेपालमा मात्रै होईन तथ्याङक अनुसार विश्वभरि नै ६६ प्रतिशत महिलाले घरको काम गर्छन् । विश्वको कुल खाद्यान्न उत्पादनको ५० प्रतिशतमा उनीहरूकै योगदान रहेको भए पनि सम्पत्तिमा चाहिँ दुई प्रतिशतमात्र स्वामित्व रहनुले महिलाको नाजुक स्थिति झल्काउँछ ।
प्रकाशित मिति: आइतबार, फागुन १२, २०७५, ०७:११