कपिलवस्तु । कपिलवस्तुको कृष्णनगरमा गत बुधबारबाट सुरु भएको विवाद साम्य पार्नेलगायतका १० बुँदे सहमति भएपछि स्थिति सामान्य हुँदै गएको छ ।
तिहारको लक्ष्मी पूजाको मूर्ति विसर्जन गर्न जाने बाटोका विषयमा भएको विवादले उग्र रूप लिँदा प्रहरीले चलाएको गोली लागेर भारत घर भई नेपालमा व्यापार गर्दै आएका २० वर्षीय सुरजकुमार पाण्डेको हिजो मृत्यु भएको थियो ।
सहमतिपछि शव पोस्टमार्टम प्रक्रिया सुरु गर्न पीडित पक्ष सहमत भएको र शव तौलिहवा अस्पतालमा ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दीपशम्सेर जबराले बताउनुभयो ।
स्थिति नियन्त्रणका लागि स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञा भने अझैँ पनि कायमै छ । हिजो साँझ बसेको जिल्ला सुरक्षा समिति बैठकपछि भएको सहमतिका आधारमा लक्ष्मीको मूर्ति नजिकै रहेको तलाउमा विसर्जन गरिएको छ ।
आज अवस्था सामान्य बन्दै गइरहेको इलाका प्रहरी कार्यालय कृष्णनगरले जनाएको छ ।
सहमति भएका बुँदामा मूर्ति विर्सजन गर्न अवरोध गर्ने भनिएका जमाल खाँलाई कानुनी कारबाही गर्ने, मृतक सुरज कुमार पाण्डेका परिवारलाई क्षतिपूर्तिका लागि गृह मन्त्रालयलाई सिफारिस गर्ने, मृतक पाण्डेलाई शहिद घोषणा गर्न सम्वन्धित निकायमा सिफारिस गर्ने, कृष्णनगर क्षेत्रमा आगामी दिनमा कुनै अप्रिय घटना हुन नदिनका लागि साझा पहल गर्ने, कफ्र्युलाई क्रमशः घटाउँदै लैजाने लगायतका बुँदा छन् ।
सहमतिका बुँदाहरुः
प्रकाशित मिति: शुक्रबार, कात्तिक १५, २०७६, १४:२८