काठमाडौं । धानको बीउ नै नक्कली परेपछि तराइका कतिपय जिल्लामा रोपिएको धान बालीमा बाला लागेन । धान भित्र्याउने बेलामा पनि बाला नलागेपछि किसानहरु निराश बनेका छन् ।
अघिल्लो बर्ष रौतहट, बारा, पर्सा लगायत तराइका जिल्लामा लगाईएको मकैबालीमा पनि घोगा नलाग्ने समस्या भएको थियो । यस्ता समस्या बारम्बार भएपछि नेपालमा बीउ बिजनको खरिद विक्रि कसरी भइरहेको छ ? भन्ने प्रश्न उठेको छ ।
भारतीय उत्पादन गरिमा जातको धान तराईका क्षेत्रमा पनि राम्रो फलेपछि सरकारले २०७२ मा नेपालमा सूचीकृत गरेको थियो । यस अगाडीका बर्षमा उत्पादन राम्रो भएको भएपनि यसपटक किसानले रोपेको धानमा बाला लागेन ।
दाङ, बारा, रौतहट, पर्सा, कपिलवस्तु, चितवन, कैलाली लगाएत जिल्लामा लगाईएको धानमा बाला लागेन । मानो रोपेर मुरी फलाउने समयमा किसानको भकारी रित्तै भएको छ ।
नेपाल कृषि अनुसन्धान परिषद् नार्कले गरेको अनुसन्धानमा पनि धानको बीउ फरक परेको पुष्टि भएको छ ।
कैलालीका किसान पार्वति चौधरी अब के खाने भन्ने चिन्ता बढेको बताउनुहुन्छ । सरकारले सूचीकृत गरेको जात भएकाले विश्वासका साथ बीउ किनेर रोपेको किसानहरु बताउँछन् ।
झापा लगायतका केही जिल्लामा भने यहि जातको धानले फल दिएको छ । फल नलागेको जिल्लामा धानको बीउ फरक परेको विज्ञहरुले बताएका छन् ।
नेपाल कृषि अनुसन्धान परिषद् नार्कले गरेको अनुसन्धानमा पनि धानको बीउ फरक परेको पुष्टि भएको छ ।
राष्ट्रिय बीउ बिजन बोर्डका सदस्य डाक्टर लालप्रसाद हुँमागाई कृषि मन्त्रालयले बनाएको अनुगमन टोलीले अनुगमन गरेपछि सम्बन्धित् बीउ कम्पनीबाट क्षतिपूर्ति भराउनुपर्ने बताउनुहन्छ ।
नेपालमा कृषि अनुसन्धान परिषद् नार्कले परिक्षण गरिसकेपछि मात्रै बीउ बिजन बिक्रि वितरण गर्न पाइन्छ । तर गुणस्तरहिन बीउ बिक्रि हुनेक्रम रोकिएको छैन ।
बीउको गुणस्तरको बारेमा किसानहरुले पनि जानकारी राख्नुपर्ने बीउ बिजन गुणस्तर नियन्त्रण केन्द्रका प्रमुख बीउ विकास अधिकृत मदन थापा ।
नेपालमा कृषि अनुसन्धान परिषद् नार्कले परिक्षण गरिसकेपछि मात्रै बीउ बिजन बिक्रि वितरण गर्न पाइन्छ । तर गुणस्तरहिन बीउ बिक्रि हुनेक्रम रोकिएको छैन ।
बीउबिजन नियमावली २०५९ को दफा ३६ ले कसैले बिक्री गरेको बीउबिजनको गुणस्तर र गलत सूचनाका कारणले कसैलाई आर्थिक हानी नोक्सानी पुग्न गएको प्रमाणित भएमा मूल्याङ्कन समितिले गरेको मूल्याङ्कन र सिफारिसका आधारमा सम्बन्धित पक्षले कृषकलाई क्षतिपूर्ति दिनुपर्ने उल्लेख छ ।
यसैबीच, सरकारले गरिमा धान भनेर नक्कली धानको बिउ बेच्ने कम्पनीबाट किसानलाई क्षतिपूर्ति भराउने भएको छ ।
प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको हिजोको बैठकमा कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयका सहसचिव रघुराम विष्टले गरिमा धानमा बाला नलागेपछि पीडित बनेका किसानलाई क्षतिपूर्ति भराउने बताउनुभयो ।
गरिमा जातको धानले बाला नहाल्दा भएको क्षतिबारे अध्ययन गर्न मन्त्रालयले एक समिति बनाएको छ । एक महिनामा प्रतिवेदन आउने र त्यसपछि क्षतिपूर्ति बारे टुंगो लाग्ने कृषि तथा पशुपंक्षी विकास राज्यमन्त्री राम कुमारी चौधरीले सीआईएनसँग बताउनुभयो ।
गरिमा जातको धानले बाला नहाल्दा भएको क्षतिबारे अध्ययन गर्न कृषि मन्त्रालयले एक समिति बनाएको छ ।
सनराइज एग्रीकल्चर रिसर्च सेन्टर प्रालिले भारतको हैदरावादस्थित रिनोभा सिड साइन्स इन्डिया प्रालिबाट गरिमा जातको वर्णश्रंकर धान आयात गरी बिक्री वितरण गरेको थियो ।
यो धानको जातीय गुणअनुसार ९० देखि ९५ दिनभित्र ५० प्रतिशत फूल खेल्नुपर्ने र १ सय २५ दिनभित्र उत्पादन भइसक्नुपर्ने थियो । तर गरिमा धान लगाएका विभिन्न जिल्लामा बाला नहालेपछि किसानहरुले धान काटेर अर्को बाली लगाउने तयारी गरेका छन् ।
अडियो सुन्नुहोस् :
प्रकाशित मिति: शनिबार, कात्तिक १६, २०७६, ०७:५७