काठमाडौँ । नेपाली काँग्रेसले प्रदेश प्रमुहरुलाई पदमुक्त गर्ने सरकारको निर्णयले सत्ताधारी र प्रतिपक्षी दलबीचको दुरी बढ्ने टिप्पणी गरेको छ ।
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज प्रदेश प्रमुखरुरुलाई पदमुक्त गर्नुभएको थियो ।
सीआईएनसँग कुराकानी गर्दै काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले राजनीतिक पूर्वाग्रहका आधारमा सरकारले निर्णय गर्नु दुर्भाग्यपूर्ण भएको प्रतिक्रिया दिनुभयो । सरकारको पछिल्लो निर्णयका बारेमा आफ्नो पार्टीले छलफल गरी उचित धारणा सार्वजनिनक गरिने उहाँले बताउनुभयो ।
मन्त्रिपरिष्द्को आज बिहान बसेको बैठकले प्रदेश प्रमुखहरुलाई पदमुक्त गर्ने निर्णय गरी राष्ट्रपति समक्ष सिफारिस गरेको थियो । राष्ट्रपति कार्यालयले संविधानको धारा १६५ को उपधारा १ को खण्ड अनुसार प्रदेश प्रमुख प्रदेश प्रमुखहरुलाई पदमुक्त गरिएको जनाएको छ ।
प्रदेश १ का प्रा. डा. गोविन्दबहादुर तुम्बाहाङ, २ का रत्नेश्वरलाल कायश्थ, ३ की अनुराधा कोइराला, गण्डकी प्रदेशका प्रमुख बाबुराम कुँवर, प्रदेश ५ का उमाकान्त झा, कर्णाली प्रदेशका दुर्गाकेशर खनाल र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख मोहनराज मल्ल पदमुक्त हुनुभएको छ ।
प्रकाशित मिति: आइतबार, कात्तिक १७, २०७६, १८:३७