काठमाडौं । प्रतिनिधिसभाको उप-निर्वाचनका लागि दलहरुले उम्मेदवारी दर्ता गराएका छन् । कास्की क्षेत्र नम्बर २ बाट रिक्त स्थानमा मंसिर १४ गते हुने उपनिर्वाचनका लागि नेकपा, कांग्रेस, साझा, विवेकशिल लगायत अन्य साना पार्टीसहित १३ जनाले मनोनयन दर्ता गराएका छन् ।
नेकपाले अधिकारीकी पत्नी विद्या भट्टराईलाई उम्मेदवार बनाएको छ । कांग्रेसले खेमराज पौडेललाई उठाएको छ । तत्कालीन पर्यटनमन्त्री रवीन्द्रप्रसाद अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएका कारण प्रतिनिधिसभाको कास्की २ मा उपनिर्वाचन हुँदैछ ।
अघिल्लो निर्वाचनमा अधिकारीले कांग्रेसका देवराज चालिसेलाई ८ हजार ५ सय ४६ मत अन्तरले पराजित गर्नु भएको थियो । अधिकारीले २७ हजार २ सय ७ र प्रतिस्पर्धी चालिसेले १८ हजार ६ सय ६१ मत प्राप्त गर्नु भएको थियो ।
तेस्रो स्थानमा रहेका विवेकशील साझा मिलेर बनेको पार्टीका उम्मेदवार श्रीकृष्ण श्रेष्ठको ८ सय ४३ मत थियो । विवेकशीलले जमुना शर्मा र साझा पार्टीले रजनी केसीलार्ई उम्मेदवार बनाएका छन् । अहिले दुइटै दल फरक-फरक रुपमा चुनावी मैदानमा छन् ।
प्रकाशित मिति: बिहीबार, कात्तिक २१, २०७६, १३:०६