धनकुटा । भौतिक पूर्वाधारको विकाससँगै सहरीकरण बढ्दै गएको छ । गाउँहरू शहर बन्दै जाँदा फोहोर व्यवस्थापन चुनौती बन्न थालेको छ । तर त्यही चुनौतीलाई धनकुटा नगरपालिकाले भने अवसरको रूपमा उपयोग गरेको छ ।
करिब ३० रोपनी क्षेत्रफलमा फैलिएको फोहोर मैला व्यवस्थापन केन्द्रले नगरबाट निस्कने फोहोरको मात्रालाई ३० वर्षसम्म धान्न सक्छ । ‘मिथेन’ ग्याँस उत्र्सजनरहित दाबी गरिएको केन्द्रमा सदरमुकाम धनकुटा बजार र हिलेबाट दैनिक २२.५ घनमिटर फोहोर जम्मा हुन्छ ।
नगरपालिकाले मानव शौचालय तथा घरबाट निस्कने र गल्ने फोहोरलाई कम्पोष्ट मलका लागि प्रयोग गर्दै आएको छ । कागज, काँच, प्लाष्टिक र धातुजन्य फोहोर छुट्याएर बिक्री गर्ने काम भइरहेको नगर प्रमुख चिन्तन तामाङ्गले सीआईएनसँग बताउनुभयो ।
धनकुटा वातावरणीय प्रभाव मूल्याङ्कनका हिसाबले काठमाण्डौँ, पोखरा, दाङ, पाल्पालगायत अरु नगरभन्दा उत्कृष्ठ छ । घरबाट निस्कने फोहोरको मात्रा घटाउन धनकुटा नगरपालिकाले नगरका हरेक घरमा गड्यौला पालन अनिवार्य गरेको छ ।
दुर्गन्धित ठानिएको फोहरको डङगुरमाथि ४३ भन्दा बढी जातका फूल ढकमक्क फूलेका छन् । खेरजाने कुनै चिज छैन, सबै फोहरबाट मोहर मात्रै होइन स्वच्छता र सुन्दरता पनि सम्भव छ भन्ने उदाहरण धनकुटा नगरपालिकाले देखाएको छ ।
वातावरणमैत्री गड्यौला पालनबाट नगरबाट बिसर्जन हुने ३७ प्रतिशत गल्ने फोहोरलाई घरैमा व्यवस्थापन गर्न सकिन्छ । भान्छाबाट निस्कने फोहोरलाई मल बनाउन तालिम र सहुलियतमा ‘कम्पोष्ट विन’ वितरण गरिएको नगरपालिकाले जनाएको छ ।
सरकारले कार्यान्वयनका लागि सहमति जनाएको दिगो विकासका लक्ष्यमा सन् २०३० सम्म खानेपानी र सरसफाइको पहँुच, सहरी फोरमैला व्यवस्थापन र जलवायु परिवर्तन अनुकुलित स्मार्ट भिलेजमा ९० प्रतिसत लक्ष्य हाँसिल गर्ने भनिएको छ ।
तर धनकुटा नगरपालिका अहिले नै ८५ प्रतिशतभन्दा माथि रहेको नगरपालिकाका वातावरण शाखा प्रमुख उपेन्द्र खनाल दावी गर्नुहुन्छ ।
धनकुटा नगरपालिकाले मरेका जनावर, मानव शौचालय तथा सहरबाट स्कलन गरिएको फोहरको थुप्रो माथि नै फूलबारीसहितको सुन्दर पार्क बनाएको छ ।
दुर्गन्धित ठानिएको फोहरको डङगुरमाथि ४३ भन्दा बढी जातका फूल ढकमक्क फूलेका छन् । खेरजाने कुनै चिज छैन, सबै फोहरबाट मोहर मात्रै होइन स्वच्छता र सुन्दरता पनि सम्भव छ भन्ने उदाहरण धनकुटा नगरपालिकाले देखाएको छ ।
प्रकाशित मिति: बिहीबार, कात्तिक २१, २०७६, १४:०६