काठमाडौं । सङ्घीय समाजवादी फोरमसँग सरकार गठन गरेको झन्डै एक वर्षपछि प्रदेश नम्बर २ को सरकारमा राष्ट्रिय जनता पार्टी राजपाभित्र मन्त्रिमण्डल हेरफेर गर्नुपर्ने माग उठेको छ । राजपा नेपालको जनकपुरमा जारी बैठकमा हाल बहालवाला मन्त्रीलाई फिर्ता बोलाएर नयाँलाई मन्त्री बन्ने मौका दिनुपर्ने कुरा उठेको हो । अध्यक्ष मण्डल, प्रदेशका मन्त्री तथा राजपाका प्रदेशसभा सांसदबीच दुई नम्बर प्रदेश सरकारको समिक्षा र पार्टीका तर्फबाट गएका मन्त्रीको भूमिका बारे समिक्षा चलिरहेको छ ।
१३ सदस्यीय प्रदेश नम्बर २ को मन्त्रिपरिषद्मा राजपाका तर्फबाट तीन मन्त्री र तीन राज्यमन्त्री सहभागी छन् । मुख्यमन्त्री सहित ३ मन्त्री र ३ राज्यमन्त्री गरि ७ जना मन्त्री सङ्घीय समाजवादी फोरमबाट सहभागी भएका हुन् ।
मन्त्री पदले जनतालाई राम्रोसँग सुविधा दिनुपर्छ र त्यसको लागि सक्षम असक्षम, सक्ने नसक्ने विच मुल्याङ्कन गर्नुपर्ने प्रदेशसभा सदस्य तथा राजपाका महासचिव मनिष सुमनको भनाई छ । १३ सदस्यीय प्रदेश नम्बर २ को मन्त्रिपरिषद्मा राजपाका तर्फबाट तीन मन्त्री र तीन राज्यमन्त्री सहभागी छन् । मुख्यमन्त्री सहित ३ मन्त्री र ३ राज्यमन्त्री गरि ७ जना मन्त्री सङ्घीय समाजवादी फोरमबाट सहभागी भएका हुन् । राजपाको बैठकमा मन्त्रि हेरफेरको कुरा उठे पनि मुख्यमन्त्री लालबाबु राउत भने अहिले नै हेरफेर गर्नुपर्ने जरुरी नभएको सीआईएनसँग बताउनुभयो ।
संघीय सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिँदै आएको राजपा आफ्ना पार्टीका मन्त्रीको भूमिकाबाट सन्तुष्टि सन्तुष्ट नदेखिएपछि भूमिका राम्रो हुनु वा नराम्रो हुनुमा पार्टीले लिने कार्यदिशा महत्वपूर्ण हुने राजनीतिक विश्लेषक डाक्टर सुरेन्द्र लाभले बताउनुभयो ।
प्रदेश २ मा संघीय समाजवादी फोरम र राजपाको गठबन्धन सरकार छ । प्रदेश २ मा सबैभन्दा बढी नेकपाका ३२ सांसद छन् भने संघीय समाजबादी फोरमका २९ र राजपाका २५ सांसद छन् ।
प्रकाशित मिति: आइतबार, फागुन १२, २०७५, ०८:१९