संसारका देशहरु मध्ये चीनले विकासमा फड्को मारेको छ । चिनियाँहरु विकास प्रविधीमा अब्बल मानिन्छन् । हामीले दिनहुँ प्रयोग गर्ने अधिकांश सामग्री अचेल छिमेकी मुलुक चीनमा उत्पादन भएर आएका हुन्छन् । खाद्यवस्तु, इलेक्ट्रिक सामान, लत्ताकपडा प्रायः चीनबाट आउँछन् । तर, ज्ञान भने नेपालबाट पनि निर्यात हुन थालेको छ ।
चिनियाँहरुलाई सकारात्मक व्यवसाय प्रवर्धनका नेपालीले विज्ञले सिकाउँदै छन् । सकारात्मक व्यवसाय प्रवर्धनका लागि प्रसंसनीय खोज विधीको लागि प्रसंसनीय खोज विधीबाट १५ सय चिनियाँहरुलाई उनीहरुकै शहरमा पुगेर नेपाली विज्ञले सिकाउने भएका छन् ।
विभिन्न व्यवसायमा संलग्न व्यवसायी, प्राज्ञीक तथा अनुसन्धानकर्ताहरुको लागि नोभेम्वर १४ देखी १६ सम्म चीनको व्यपारीक शहर गोन्जाउमा सकारात्मक व्यवसाय प्रवर्धनका लागि प्रसंसनीय खोज विधीको तालिम सुरु हुँदैछ । तीन दिनसम्म चल्ने तालिमलाई प्रसंसनीय खोज विधीका नेपाली विज्ञ डा. राम चन्द्र लामिछानेले सहजीकरण गर्नु हुने छ ।
ईस्टर्न रिसर्च ईन्स्टिच्युट अफ पोजिटिभ साइन्सका संस्थापक प्रमुख कार्यकारी डा. लामिछानेले विगत ५ वर्षदेखि चीनका विभिन्न विश्वविद्यालय तथा व्यावसायिक प्रतिष्ठानहरुमा तालिम सहजीकरण गर्दै आउनु भएको छ । विगत केही वर्षदेखि व्यवसाय प्रवर्धन, पारिवारीक सम्वन्ध सुदृढिकरण, सकारात्मक नेतृत्व विकास, तथा शैक्षिक संस्थाहरुको व्यवस्थापन सुदृढीकरण सम्वन्धी विषयहरुमा चीनमा प्रशंसनीय खोजविधी लोकप्रिय भईरहेको छ ।
उनीहरुले प्रशंसनीय खोजविधीसँगै नेपाल पनि सिक्न पाउने डाक्टर लामिछानेले बताउनुभयो । ‘तेह्रौं शताब्दीमै नेपालीले कला निर्माणमा चीन नेपाल जाडेका थिए त्योसँगै कयौ नेपालीले भाषा पनि सिकाए’ लामिछानेले भन्नुभयो, अहिले चिनियाँहरु सकारात्मक सोच पनि नेपालबाट सिक्दैछन ।’
प्रकाशित मिति: मंगलबार, कात्तिक २६, २०७६, १२:३६