गण्डकी प्रदेशका कबि तथा लेखक एकै ठाउँमा भेला भएर रचना बाचन गरेका छन् । सप्तगण्डकी साहित्य संगम नामक साहित्य संस्थाले आयोजना गरेको कार्यक्रममा गण्डकीका लेखक तथा कबिले काठमाण्डौंमा जम्मा भएर आ आफ्नो रचना बाचन गरे ।
संस्कृतिविद् तथा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति जगमान गुरुङ्गको प्रमुख र बरिष्ठ गीतकार चेतन कार्कीको विशेष आथित्यता सम्पन्न सो समारोहमा गण्डकी प्रदेश अन्तर्गतका सवै जिल्लाका प्रतिनिधि कवि तथा साहित्यिक व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
गण्डकी प्रदेशका कबि तथा लेखक एकै ठाउँमा भेला भएर रचना बाचन गरेका छन् । सप्तगण्डकी साहित्य संगम नामक साहित्य संस्थाले आयोजना गरेको कार्यक्रममा गण्डकीका लेखक तथा कबिले आ आफ्नो रचना बाचन गरे ।
कवि दुर्गा किरण तिवारीको सभापतित्वमा सम्पन्न समारोहमा प्रमुख अतिथि उपकूलपति जगमान गुरुङ्गले नेपाली साहित्यको ईतिहासदेखि वर्तमान सम्मको अवस्थालाई अनुसन्धानमूलक तरिकाले अध्ययन गर्दा गण्डकी प्रदेशको अतूलनीय योगदान रहेको बताउनुभयो । यति हुदाहुदै पनि गण्डकी प्रदेशका साहित्यकर्मीहरु काममा अलि सुस्त रहेको र यो सुस्त गतिलाई बढाउन आवश्यक रहेको उहाँको भनाइ थियो ।
कार्यक्रमका संयोजक कौशिला रिसालले संस्थाले गण्डकी प्रदेशका स्थानीय र प्रादेशिक भाषामा जोड दिने, प्रदेश प्रदेशबीचको सांस्कृतिक आदानप्रदानका गतिविधिहरु बढाउने, अग्रज साहित्यकार, अनुज साहित्यकार र साहित्यानुरागी बीच सम्बन्ध बढाउने, सस्थाको उदेश्य रहेको बताउनुभयो ।
कार्यक्रममा मदनराज थापाले भातृत्व भावनाको विकास गर्ने , मानवतावादी मूल्यको स्थापनामा जोड दिने , स्वाभिमानको ,आत्म सम्मानको पदचाप पछ्याउदै राष्ट्रको संवृद्धिमा अघि बढन साहित्यकारहरु भावनात्मक प्रतिबद्ध , बचनबद्ध हुदै अघि बढनु पर्ने आजको आवश्यकता रहेको चर्चा गर्नुभयो ।
यसको लागि प्रादेशिक साहित्य सिर्जनालाई संरक्षण र प्रबर्धन गर्न कार्यरत सिर्जनशील संस्थाहरु बीच समन्वय र एकता गरी एक सक्रिय साहित्यक संजाल गर्ने , स्थानीय सहभागितामा वृद्धि गर्ने , सृजनशील लेखक र रचनाकार हरुलाई पहिल्याइ सम्मान गर्ने साथै विभिन्न प्रदेशमा साहित्यक तीर्थस्थलको रुपमा विकास गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
कार्यक्रममा डा. जीवन अधिकारी, प्रकट पगेनी शिव, कुमार थापा, रामकाजी कोने, तुलसी न्यौपाने, मञ्जु काँचुली, सीताराम अधिकारी , विधान आचार्य ,भगवती पाण्डे, प्रकाश सुवेदी षडान्नद पौडेल, छायाँदत्त न्यौपाने, त्रिभुवन चन्द्र वाग्ले प्रज्ज्वल अधिकारी, गङ्गाधर अधिकारी, टि एन भट्ट, मेघराज आचार्य, नरवहादुर बि.सी लगायतका चिर परिचित कविहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा उपस्थित अधिकांश कविहरुले सान्दर्भिक रचनाहरु सुनाएका थिए । कार्यक्रम कबि दुर्गा किरण तिवारी र कौशिला रिसालको संयोजकत्वमा भएको हो ।
प्रकाशित मिति: बुधबार, कात्तिक २७, २०७६, १८:३२