रेडियो मेलम्ची, सिन्धुपाल्चोक
मेलम्ची नगरपालिकाले पुर्ननिमार्णको काम असार मसान्तभित्र सक्ने जनाएको छ ।
नगरपालिकामा बसेको बैठकले २०७७ साल असार मसान्तभित्र निजी आवास पुर्ननिर्माणको काम सक्ने निर्णय गरेको हो ।
असारभित्र निजी आवास पुर्ननिर्माण सक्नेगरी काम अघि बढाउने पनि बैठकले निर्णय गरेको छ । बैठकले लाभग्राही सूचीमा दोहोरिएको नामावली हटाउने निर्णय समेत गरेको नगरपालिकाका सूचना अधिकारी जितबहादुर कार्कीले जानकारी दिनुभयो ।
नगरपालिकाले पुर्ननिमार्णमा खटिएका संघसंस्थालाई परिचालन गरेर समयमै निजी आवास निर्माण कार्य सक्ने लक्ष्य लिएको हो ।
बैठकमा नगरप्रमुख डम्बर अर्यालले निजी आवास निमार्ण सकेर सार्वजानिक स्थलहरुको पुर्ननिर्माण गर्नुपर्ने बताउनुभयो ।
उहाँले मठमन्दिर, गुम्बा,लगायतका संरचना बनाउन ढिला भइसकेको भन्दै निजी आवास पुर्ननिर्माणको काम छिटो सक्नका लागि सहयोग गर्न बैठकमा सहभागि संघ संस्थाका प्रतिनिधि ,पुननिमार्णमा खटिएका इन्जिनियर र वडा अध्यक्षहरुलाई आग्रह समेत गर्नुभयो ।
प्रकाशित मिति: बिहीबार, कात्तिक २८, २०७६, १३:०२