काठमाडौँ । विपद्मा परी मृत्यु र प्रभावित हुनेहरूको सङ्ख्या उल्लेखनीय रूपमा घटाउने दिगो विकासका लक्ष्यमा भनिएको छ । त्यसैलाई कार्यान्वयनका लागि स्थानीय तहहरूले विपद् पूर्वका योजना र सतर्कतामा पनि ध्यान दिनुपर्छ ।
प्राकृतिक प्रकोपको कारण हरेक वर्ष भोग्नुपरेको समस्या काठमाडौँको उतरगया वडा नम्वर ५ ओखलपौवाका सञ्चीता घिमिरेको जस्तो छ, टोखाबासीको समस्या अलि फरक छ ।
वर्षायाममा वाढीपहिरोको कारण कटान र खडेरीको समयमा आगलागीको जोखिम धेरै हुने बताउनुहुन्छ टोखा नगरपालीका १ का अध्यक्ष श्रीकृष्ण अधिकारी ।
दिगो विकासको ११ औँ लक्ष्यमा समावेशी र सुरक्षित मानव बस्ती तथा सहरको परिकल्पना गरिएको छ । जस्मा विपद्का कारण मृत्यु, वेपत्ता, घाइते र प्रभावितको सङ्ख्या उल्लेख्य घटाउने भनिएको छ ।
आफ्नो स्थानीय तहले भने विपद्पछिको योजना तयार गरी कार्यान्वयनमा ल्याएको बताउनुहुन्छ, टोखा नगरपालीकाका स्थानीय सरिता लामिछाने ।
विपद् व्यवस्थापनसम्बन्धी स्थानीय नीति, कानुन, मापदण्ड निर्माण, योजना कार्यान्वयन र नियमन गर्ने अधिकार स्थानीय सरकारले पाएका छन् ।
विपद् पूर्वतयारी खोज तथा उद्धार, राहत सामग्रीको भण्डारण र वितरणमा समन्वय गर्ने अधिकार पनि स्थानीय तहलाई गएको ललितपुरका प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशी बताउनुहुन्छ ।
विपद् जोखिम क्षेत्रको नक्साङ्कन, बस्तीहरूको पहिचान र स्थान्तरण लगायतका कामहरू पनि स्थानीय तहबाटै हुने भनिएको छ । तर स्थानीय तहबाट भइरहेका विपद् पूर्व, विपद्का बेला र पश्चातका तयारी, सावधानीका बारेमा भने नागरिक ढुक्क देखिँदैनन् ।
प्रकाशित मिति: सोमबार, मंसिर २, २०७६, ०९:५९