बर्दिया । साँस्कृतिकको प्रचारप्रसारको लागि बर्दियाको बढैयातालमा जनप्रतिनिधि सहितको टोलीले अवलोकन गरेको छ ।
बढैया तालको संरक्षणका लागि ६० लाखभन्दा बढीको लगानीमा त्यहाँको भौतिक संरचना र बाटोघाटोको विकास गरिएको छ ।
बढैयातालमा चैतपछि बोटिङ्ग पनि सञ्चालन गरिने बढैयाताल गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठ बताउनुहुन्छ । छिट्टै नै सो ठाउँमा थारु सांस्कृतिक सङ्गग्राहलय पनि खोलिने उहाँको भनाइ छ ।
थारु समुदायको सांस्कृतिक पहिचान जोगाउने उद्देश्यले गाउँपालिकाले बिभिन्न योजना बनाएको श्रेष्ठले बताउनुभयो ।
बढैयाताल एक पर्यटकीय क्षेत्र भएकोले यस ठाउँलाई आउने पर्यटकलाई सहज तरिकाले तालसम्म पुग्नको लागि भौलागौडीदेखि तालसम्मको बाटो पिच गरिने योजना परेको वडानं. ५ का अध्यक्षकर्ण बहादुर थापाले जानकारी दिनुभयो ।
यो योजना पूरा गर्नका लागि बढैयाताल गाउँपालिकाले ६ करोड रकम विनियोजन गरिएको छ । हाल नेपाल सरकारले भिजिट २०२० अभियान सञ्चालन गरिरहेको छ ।
बढैयाताल पनि एक पर्यटकीय क्षेत्रमा सूचीकृत भएको छ ।
बढैयाताल वरपर विभिन्न चराचुरङ्गीहरुको संरक्षण गर्नुपर्ने र थारु संस्कृति तथा कलामा टेवा पुग्ने गरी बढैयाताललाई स्थानीय तहमा रोजगारी सिर्जना गर्ने थलोका रुपमा विकास गर्न स्थानीयबासीले माग गरेका छन् ।
आन्तरिक तथा वाह्य पर्यटकहरुलाई स्थानीय तहसम्म ल्याउनको लागि प्रचारप्रसार गर्नु पर्ने स्थानीय सञ्चारकर्मी मीना थापाले बताउनुभयो ।
प्रकाशित मिति: आइतबार, फागुन १२, २०७५, १५:०९